काठमाडौँ, ३० फागुन – प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त भएका छन् । न्याय परिषद सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको छ । न्याय परिषद सचिवालयले पराजुलीलाई उमेर हदकाकारण पदमा नरहेको पत्रमार्फत जानकारी दिएको छ । सचिव नृपध्वज निरौलाद्वारा हस्ताक्षरीत पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी गराइएको छ ।
पत्रमा २०७४ फागुन ३० गते नै पराजुली ६५ (पैसट्ठी) वर्षको उमेर पुरा भईसकेको देखिन आएकोले बुधबारको सचिवस्तरिय निर्णय अनुसार प्रधानन्यायाधीशलाई पदमा नरहेको जानकारी गराएको बताइएको छ ।