काठमाडौं ३० फागुन – नेपालको राजनीतिमा असमान्य घटना भएको छ। न्यायपरिषद्का सचिवले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमा नरहेको चिठ्ठी राष्ट्रपति कार्यालयलाई पठाएपछि तथा सञ्चार माध्यममा सार्वजनिक भएको केही समयपछि पराजुलीले नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका छन्।
शपथ ग्रहण समारोहमा प्रधानन्यायधीश पराजुली प्रसन्न मुद्रामा नै देखिएका छन् भने राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पनि हाँसिरहेका देखिन्छन्।जन्ममिति सम्बन्धी विवादमा तानिएका प्रधानन्यायधीश पराजुलीलाई आजै न्यायपरिषदले एक पत्र पठाई जन्ममितिका आधारमा उनी पदमा नरहेको जानकारी गराएको थियो। प्रधानन्यायाधीश पराजुली २१ भदौ २०६५ मा नै ६५ वर्ष उमेर पुगेको जानकारी न्याय परिषदले लेखेको पत्रमा उल्लेख छ।
शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक दलका नेता तथा सांसदहरू उपस्थित थिए । मंगलवार भएको निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारी राष्ट्रपति निर्वाचित भएकी थिइन् । भण्डारी यसअघि ११ कात्तिक २०७२ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएकी थिइन् ।
‘पदमुक्त’ प्रधानन्यायाधीशले गराए राष्ट्रपतिलाई सपथ
Previous Articleभौतिकशास्त्री स्टीफन हकिङ्गको निधन
Next Article प्रधानन्यायाधीश पराजुली पदमुक्त