काठमाडौं, २९ फागुन-राष्ट्रपति निर्वाचनको मतगणना मंगलबार दिउँसो ४ बजेपछि सुुरु भएको छ । संघीय संसद नयाँ वानेश्वरमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा नै मतगणना सुरु गरिएको हो । दिउँसो ३ बजेसम्म भएको मतदानमा राष्ट्रपति चयनका लागि संघीय संसदका ३२६ र प्रदेशसभाका ५३६ गरी ८६२ जनाले मतदान गरेका छन् ।
राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई उम्मेदवार छन् ।भण्डारीलाई नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलको समर्थन छ भने राईलाई कांग्रेसको समर्थन छ । नयाँ शक्ति पार्टी नेपाल, विवेकशील साझा पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीले निर्वाचन बहिस्का गरेका छन् ।
Previous Articleगाउँपालिका अध्यक्षको गाडी मुनी प्रेसर कुकर बम
Next Article पर्वतमा अग्ला पुलले जोड्दै छ समृद्धिको यात्रा