काठमाडौं, २८ फागुन- बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बङ्ला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । अवतरणको क्रममा रहेको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेटमा रनवे मा दुर्घटनामा परेको हो । हालसम्म २० जनाको शव निकालिएको र १२ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।
९० डिग्रि मोडिएर राजधानीको चावहिलबाट ल्याण्ड भएको बिमानमा एकै पटक आगोको मुस्लो देखिएको थियो । आगलागी नियन्त्रणमा आएको अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु सवार रहेको बताईएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
यूएस बंगला विमान काठमाडौंमा दुर्घटनाग्रस्त, २० जनाको शव
Previous Articleयसरी भयो बिमान दुर्घटना जल्यो जहाज
Next Article दुर्घटनामा पर्नेमा ट्राभल एजेन्सीका कर्मचारी बढी