काठमाडौं, २८ फागुन- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए । उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए । यसैगरी योङ ट्राभलमा कार्यरत कर्मचारी सजना देवकोटाको पनि निधन भएको बताइको छ ।