काठमाडौं, २८ फागुन-त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो विमान दुर्घटनामा परेको छ। बंगलादेशको युएस –बंगला एयरलायन्सको एक विमान सोमबार दिउँसो दुर्घटनामा परेको हो।
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँका लागि उडेको उक्त विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दिउँसो २ बजेर २० मिनेट जाँदा अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ ।
दुर्घटनापछि विमानमा आगो लागेको र अहिले विमानस्थलमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीले बताएका छन्। विमानमा आगो लागेपछि अहिले दमकलले आगो नियन्त्रणको प्रयास भइरहेको प्रत्यक्ष दर्शीले बताएका छन् । विमान दुर्घटनामा परेपछि त्रिभुवन विमानस्थल उडान तथा अवतरण रोकिएको छ। घटनाको विस्तृत विवरण आउने क्रममै रहेको छ।