२०६७ सालमा सुगम चितवनको माडीमा त्यहाँका थारु समुदायले एक निर्दोष महिलालाई बोक्सीको आरोप लगाएर जिउँदै जलाउने काम गरे । महिलालाई स्थानियले जिउँदै जलाएपछि एकाएक सञ्चारमाध्याममा समाचार आयो र देशभर आवाज उठ्यो । बोक्सीको आरोपमा महिलामाथि हुने दुव्र्यवहार हाम्रो समुदायको विकृत पक्ष हो । हामी २१ शताव्दीमा आईसक्दा समेत रुढीवादी परम्पराको कहालीलाग्दो रुपको चंगुलबाट अझै निस्कीन सकेका छैनौं । तत्कालिन समयमा प्रहरी प्रशासनले दोषीलाई कार्वाहीको प्रक्रिया अगाडि बढाईयो । पर्ख र हेरको नीतिमा गर्न थालिएको कार्वाहीले कडा रुप धारण गर्न नसक्दा देशमा सयौं यस्ता घटना दोहोरिए । केही घटना प्रहरी प्रशासनसम्म आईपुगे भने केही आपसी मिलापत्रमा नै टुंगिए । बिहीबार देशभर धुमधामसँग अन्तराष्ट्रिय महिला दिवस मनाइदै थियो । पुरुषले पनि महिलालाई सम्मान गर्ने मात्र होइन, महिला हिंसाविरुद्ध एक भएर लड्ने प्रतिवद्धता जनाईएको थियो ।
महिलाको हकअधिकारबारे ¥याली र चर्का भाषणा गर्ने काम चलिरहेका बेला कैलालीको घोडाघाडी नगरपालिका–५ देउकलीमा भने एक २० वर्षीया युवती ६ घन्टासम्म कुटपिटमा परिन् । एक चौधरी थर भएका युवाले आफूलाई भोले बाबा बताउँदै ताण्डव नृत्य देखाइरहँदा सिंगो बस्तीका मानिस घेरा हालेर रमिता हेरे । बोक्सीको आरोपमा पीडित राधा चौधरी घण्टौंसम्म निर्घात पिटिईन् । ताण्डव नृत्यको लागि रामबहादुर चौधरीले किस्मती चौधरी नाम गरेकी महिलालाई प्रयोग गरेर उनीमाथि निर्घात कुटपिट ग¥यो । पीडित युवतीलाई भाँक्री नाम गरेका दानवको घरसम्म पु¥याउनको लागि पनि महिलालाई नै प्रयोग गरियो । राधामाथि निर्घात कुटपिट भैरहेका बेला रमिते बनेका सारा गाउँलेहरुलाई देख्दा लाग्थ्यो त्यो ठाउँमा स्थानिय प्रशासन छैन् । त्यहाँका मानिसहरु निरक्षर र पुर्ण रुढीवादी परम्परामा आस्था रखेर बसेका छन् । शिक्षा एउटा पाटो हो तर शिक्षा नभएको बहानामा आफ्नो समुदायलाई समायानुकुल परिवर्तन गर्न नसक्नु भनेको सचेत नागरिकले समयको मागलाई पछ्यान नसक्नु हो ।
राधामाथि भएको चरम दुव्र्यवहार भोलि नेपालका हजारौं राधाको नियति बन्न सक्छ । त्यसैले कैलालीको घोडाघोडीको घटनामा संलग्नहरुलाई कडाभन्दा कडा कार्वाहीको लागि स्थानिय सरकार चुक्नु हुँदैन् । त्यो मात्रै हैन हाम्रो समुदायको विकृत रुपलाई परिवर्तन गर्न स्थानिय सरकारले अब नयाँ कदम चाल्न आवश्यक छभने नेपाल सरकारले यस्ता घटनामा संलग्न हुनेलाई कडा कार्वाहीको व्यवस्था हुने गरी नीतिगत तहमा निर्णय गर्न आवश्यक छ । राधालाई लगाईएको आरोप र उनीमाथिको कुटपिटमा संलग्न मात्रै हैन आफ्नै चेलीको आफ्नै आँगनमा अमानविय व्यवहार गर्दा समेत रमिते बनेर बसेका गाउँललेलाई समेत सवक सिकाउन जरुरी छ । घटना अशिक्षाका कारणले भएको हुन सक्छ तर राधामाथि चरम आक्रमण हुँदा रमिते बन्ने को–को थिए भन्ने मुख्य कुरा हो । आफ्नी छोरीबुहारी आफ्नै आँगनमा कुटिँदा समेत प्रहरी प्रशासन र स्थानिय सरकारलाई समेत खबर नगर्ने परिवारको चरित्रमा समेत प्रश्न चिन्ह खडा भएको छ । राधामाथि भएको ज्यादतीको सत्यतथ्य छानविन होस र दोषी उपर कार्वाही होस् । यस्तो घटना फेरी नदोहोरिने वातावरण सिर्जना गरौं ।
Previous Articleविद्यामन्दिर नुमना लाईब्रेरी
Next Article २०७४ फागुन २८ गते सोमबारको राशिफल