बागलुङ, २७ फागुन– बिश्व रोट्रयाक्ट सप्ताह बागलुङमा पनि साताब्यापी रूपमा मनाउन बिबिध कार्यक्रम तय गरिएको छ । रोट्रयाक्ट क्लब बागलुङले फागुन २८ गतेदेखि चैत ४ गतेसम्म माध्यमिक बिद्यालय स्तरिय हाजिरीजवाफ, म्याराथन दौड प्रतियोगिता, खाद्यन्न बितरण, ट्राफिक जनचेतना कार्यक्रम, लुडो खेल, बागलुङ सरसफाई गर्ने जनाईएको छ ।
सप्ताहव्यापी कार्यक्रममा ४ जना सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई नगद ५ हजारको दरले छात्रवृत्ति बितरण गर्ने कार्यक्रम रहेको शनिबार आयोजित पत्रकार सम्मेलनमा रोट्रयाक्ट क्लबका अध्यक्ष नवीन पन्तले जानकारी दिए । सप्ताहब्यापी कार्यक्रम अन्र्तगत नेपाल पत्रकार महासंघको निर्माणाधिन भबनलाई नगद ५ हजार ५ सय ५५ सहयोग प्रदान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष पन्तले बताए । कार्यक्रममा रोटरी क्लब बागलुङका पुर्बअध्यक्ष नेत्रलाल न्यौपाने, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बोलेका थिए । क्लबका अध्यक्ष नवीन पन्तको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका बलबहादुर थापाले स्वागत, सुमित शाहीले धन्यवाद ज्ञापन र संचालन सचिव शिव केसीले गरेका थिए ।
सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको रोटरी क्लब र रोट्रयाक्ट क्लबले बागलुङ जिल्लामा युवाहरू परिचालन गरि सामाजिक सेवाको काम गर्दै आएको छ ।