बागलुङको रेशमा रहेको रेश–नुन्थला माध्यामिक बिद्यालयले बिद्यार्थीलाई जडिबुटी चिनाउनका लागि अभियान थालेको छ । बिद्यार्थीकै सहभागितामा जडिबुटीको संकलन गरेर बिद्यार्थीलाई जडिबुटी चिनाउन थालेको समाचार सञ्चारमाध्याममा आईरहेको छ । जिल्लाको ताराखोला गाउँपालिका साविकको तारा गाविसमा रहेको नेपाल तारा माध्यामिक बिद्यालयमा अत्याधुनिक प्रबिधिमार्फत पठनपाठन हुन्छ । जहाँ प्रोजेक्टरको माध्यमबाट पठनपाठन हुन्छ र बिद्यालयले अत्याधुनिक भवनको कल्पना गरेको छ । कम्प्युटर माध्यामको पढाईका साथै सबै भौतिक पुर्वाधार आधुनिक तवरले बनाउने गरी योजना बिद्यालय व्यवस्थापनले बनाएको छ । बागलुङ नरगपालिकाको ७ नम्बर वडामा रहेको बिश्वकर्मा माध्यामिक बिद्यालयले केही जग्गा भाडामा लिएर कृषि उत्पादनको प्रयोगशालाको रुपमा प्रयोग गर्न थालेको छ । स्थानिय जनप्रतिनिधिको सहयोगमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई कृषि उत्पादनको बिषयमा ब्यबहारिक ज्ञान दिन यस्तो कार्यको थालनी गरेको बिद्यालय स्रोतले बताएको छ ।
देश संघियता कार्यान्वयनको चरणमा छ । संघियताको पुर्ण कार्यान्वयन हुँदासम्म देशका सबै बिद्यालयमा व्यवहारिक शिक्षाको प्रयोग हुने आशा गर्न मिल्ने संकेतहरु देखा पर्न थालेका छन् । नयाँ संरचनाअनुसार बनेका स्थानिय तहले अब स्थानिय तहमा शिक्षा कस्तो हुने भनेर शिक्षा नीति तय गर्नें अधिकार पाएका छन् । समय सापेक्ष भूगोल र बस्तुगत स्थितीलाई ध्यानमा राखेर स्थान बिषेश शिक्षा नीति तय गर्न अब कुनैपनि हिसाबको रोकटोक नरहेको अवस्था छ । नेपालको संबिधान २०७२ ले परिकल्पना गरेअनुसार अबको शिक्षा नीति भनेको आ–आफ्नो ठाउँको बिषेशतालाई हेरेर स्थानिय तहले नै बनाउन भन्ने हो । देशमा अहिले पनि व्यवहारिक पक्षलाई समेटिएको शिक्षा नभएका कारण दैनिक हजारौं वेरोजगारहरु उत्पादन भैरहेको अवस्था छ । हातमा प्रमाणपत्र बोकेर अन्तराष्ट्रिय बिमानस्थलको बाटो लाग्नेहरुको लाम लागेका बेला बिद्यालयले आ–आफ्नै सक्रियतामा गरेको व्यवहारिक शिक्षाको प्रयोगले केही हदसम्म अब उत्पादन हुने जनशक्तिलाई देशमा नै केही गरेर स्वरोजगार बन्ने वातावरण बनाउँछ भन्ने हो । कुनैपनि परिवर्तनको काम व्यक्ति वा संस्थाको एक्लो प्रयासले सम्भव हुने कुरा होईन । आफ्नो समुदायको परिवर्तनका खातिर हामी सबैले आ–आफ्नो क्षेत्रबाट आवाज उठाउने र रचनात्मक सहयोग गर्न जरुरी छ । जिल्लामा केही बिद्यालयले गरेको व्यवहारमा बिद्यार्थीलाई उत्पादनमुखी सिप दिने कुरा सुरुवाती कालमा हास्यास्पद पनि हुन सक्ला तर यसको दिर्घकालिन असर निकै सकारात्मक हुनेमा शंका छैन् । अब स्थानिय तहले शिक्षा नीति तयार गर्दा आजको पुस्ताले यहिँ देशमा आफ्नो योग्यताको प्रमाणपत्र प्रयोग गरेर काम गर्न सक्ने वातावरण बनोस् । देशमा अहिले पनि लाखौं व्यक्तिले रोजगारी पाउने रोजगारीका अवसर छन् । तर त्यो बिषय वा क्षेत्रको ज्ञानको अभावमा आज नेपालको श्रम बजारको आधा हिस्सा भारतीय नागरिककले ओगटेका छन् । चाहे खाद्यान्न उत्पादनका क्षेत्रमा होस् या इट्टा कम्पनीसम्म सबै क्षेत्रको श्रम बजारमा भारतियको आधा हिस्सा छ । त्यसैले व्यवहारिक ज्ञानको लागि सानो प्रयास थालेका बिद्यालयको सिको गरेर अन्य बिद्यालयले समेत त्यो खालको कार्यक्रम तय गर्न आवश्यक छ ।