बागलुङ, २६ फागुन – भारतीय आयल कर्पोरेसन (आईओसी)बाट तेल ओसार्ने ट्यांकरमा आधुनिक लकिङ सिस्टम जडान हुन थालेको छ। तीन वर्षअघिबाट लकिङ सिस्टमको तयारी थालिए पनि फागुन ३० बाट मात्र यसले औपचारिकता पाउन लागेको हो।
आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले पहिलो चरणमा आईओसीको डिपोदेखि निगमको डिपोसम्म तेल ओसार्ने ट्यांकरमा आधुनिक लक जडान गर्न लागेको जानकारी दिए। दोस्रो चरणमा निगमको डिपोदेखि पेटोल पम्पसम्म तेल ओसार्ने ट्यांकरमा लक जडान गरिनेछ।
‘सुरुमा सिलिगुडीदेखि झापाको चारआली डिपोसम्म तेल ओसार्ने ट्यांकरमा लकिङ जडान गर्न लागेका छौं’, उनले भने, ‘यो रुटमा ५९ वटा ट्यांकर छन्।’आधुनिक लकिङ सिष्टमका लागि आईओसीले नै ताल्चा उपलब्ध गराएको हो। यसको मूल्य २५ हजार भारु पर्न आउँछ।
तर आईओसीले यो ताल्चा निःशुल्क रूपमा उपलब्ध गराएको प्रवक्ता गोइतले जानकारी दिए। देशभर करिब एक हजार आठ सय तेल बोक्ने ट्यांकर छन्। यिनीहरूले पेट्रोल, डिजेल, मट्टतिेल र हवाइ इन्धन आयात गरिरहेका छन्।
Previous Articleसार्वजनिक बिदा कटौती, १०५ बाट ८४ मा झार्न प्रस्ताव
Next Article राजधानी छोडेर गाउँ पसेका शर्माको आम्दानी १२ लाख !