बागलुङ, २५ फागुन् – नेपाली पप दुनियाका प्रख्यात गायक सुगम पोखरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘ताली ठोकौंला’ बोलको गीतमा सुगमको साथमा अनिश भण्डारीको स्वर रहेको छ । शब्द तथा संगीत सम्भोज मल्ल र सुगम पोखरेलको रहेको छ ।झण्डै १४ बर्षको अन्तराल पछि गायक अनिश भण्डारी सुगम पोखरेलसँगको सहकार्यमा सांगीतिक यात्रामा फर्किएका हुन् । भण्डारीले यस अघि सुमगसँगै मिलेर रंगीन यो साँझ तथा सुदिन पोखरेलसँगको सहकार्यमा एउटा सपना बोलको गीत ल्याएका थिए ।
ताली ठोकौंला गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् जसमा अमृत ढुंगाना र जुना सुन्दासको अभिनय रहेको छ । रामशरण उप्रेतीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । गायक सुगम पोखरेलका सम्हालिन्छ कहिले मन, कति दिन बिते कति रातहरु, स्कूल पाठशाला रुन्न भन्थेँ कहिले, तिमीनभए, यो साँझ ढल्न लाग्यो लगायतका सयौं गीतहरु चर्चित छन् । पोखरेलले दुई बर्ष अगाडी गाएको चलचित्र प्रेम गीतको शिर्ष गीत म यस्तो गीत गाउँछुु चलचित्र तथा संगीत प्रेमीको लागि अनुपम उपहार बनेको छ, जुन गीतको गायनमा सुगमलाई अञ्जु पन्तले साथ दिएकी छन् ।
हेर्नुहोस् भिडियो :
Previous Articleमहरालाई सभामुख, पुनलाई पार्टीको जिम्मेवारी दिने तयारी
Next Article संघिय संसदमा चुनावै चुनाव, सांसद वेफुर्सिदेला