बागलुङ, २४ फागुन – १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस जिल्लाको दक्षिणभेग जैमिनी नगरपालिकामा पनि मनाइएको छ । सत्कर्म नेपाल र आमा मिलन केन्द्रको संयुक्त आयोजनामा आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण-ग्रामिण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण भन्ने नारा सहित जैमिनि नगरपालिकाको संयोजनमा कुश्मिशेराबजार मनाईएको हो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि जैमिनि नगरपालिकाका उपप्रमुख लिला रानाले महिलाको क्षमता अभिवृद्धिका लागि गाउँ गाउमा सामाजिक क्षमता बिकास र शसक्तिकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने वताए । महिला आर्थिक बिकासका लागि उनीहरुलाई उत्पादनमुलुक कायममा समेत जोड्नु पर्नेमा सबै निकायले ध्यान दिनुपर्ने वताए ।
जैमिनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद सुवेदीले महिला सशक्तिकरणका लागि गाउँ, गाउँ र वार्ड स्तरमा सञ्चालन हुने महिला अधिकारको कार्यक्रमका लागि नगरपालिकाले सहयोग गर्ने वताए ।
सत्कर्म नेपालका अभियन्ता सिताराम थापाले अन्तराष्ट्रिय महिला दिवसको ईतिहास, औचित्य, महिला आन्दोलन, नेपालमा महिलाहरुको समस्या, कारण र समाधानको बिकल्प बिषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थानिय नगरपालिकाले श्रमिक, गरिब, दलित महिलाहरुलाई जागरुक गराई क्षमता बिकास गर्न र न्यायमा पहुँच पुराउन सहकार्य गरेर अगाडि बढ्नुपर्ने वताए ।
कार्यक्रममा नगर बिकास समितिका अध्यक्ष शकस केसी. जैमिनि वार्ड नंं १ का वार्ड अध्यक्ष भुपेन्द्र थापा, नगरकार्यपालिका सदस्य लाल बहादुर परियार, शिक्षा कार्यालय श्रोत ब्यक्ति बिष्णु प्रसाद सापकोटा, महिला अगुवाहरु खिमा थापा, लक्ष्मि शर्मा, पत्रकार सन्ध्या आचार्यले जैमिनि नगरपालिकामा महिलाहरुको क्षमता बिकास र नेतृत्वमा पहुच कम भएको वताउदै यसमा राज्य र नगरपालिकाले विशेष पहल गर्नु पर्ने बताए । सहभागी महिलाहरुले श्रमिक महिला दिवसको गीतहरु प्रस्तुत गरेका थिए ।
जैमिनि नगरकार्यपालिका जेष्ठ महिला सदस्य रुद्रा केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यपालिका सदस्य डिल कुमारी श्रीसले र संचालन आमा मिलन केन्द्रका अध्यक्ष ज्ञानु थापा मगरले गरेकी थिईन ।
Previous Articleसार्वजनिक, नीजि र सहकारीमार्फत समृद्धिको यात्रा-प्रम
Next Article पुरुषलाई २५ प्रतिशत आरक्षण दिएर मनाइयो महिला दिवस