आउने पाँच बर्ष नेपालको विकासका लागि असाधरण समय
काठमाडौं, २४ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच बर्ष नेपालको विकासका लागि असाधरण समय हुने वताएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको विहिवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नीजि क्षेत्रको संरक्षणमा प्रतिवद्ध भएको वताए ।
‘आउने आधा दशक नेपालका लागि असाधारण हुनेछ’ प्रधानमन्त्री ओलीले भने, ‘यो समय सफलता, परिवर्तन र उपलब्धीको समय हुनेछ ।’ प्रधानमन्त्री ओलीले सरकार सार्वजनिक,नीजि र सहकारीमार्फत समृद्धिको यात्रामा अघि बढ्ने जानकारी दिए, ‘सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ ।’
सरकार देश र जनताप्रति उत्तरदायी भएको बताउदै ‘सरकार भ्रष्टाचारका विरुद्ध र देशको दुरदृष्टिका पक्षमा रहेको’ बताए । ‘सरकारका सम्पूर्ण प्रयास उत्पादन बृद्धि, आकर्षक रोजगारी र आकर्षक अवसरका लागि केन्द्रित हुनेछन् । जनताको काम छिटोछरितो ढंगले गर्नका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिने छ’ प्रधानमन्त्री ओलीले भने ।
नेपालको आयात र निर्यात ब्यापारको खाडल डरलाग्दो भएकोले त्यसलाई पुर्न निर्यातजन्य उत्पादन बढाउन सुझाव दिए । ‘हामी १०० रुपैयाँको सामान किन्दा ७ रुपैयाँको सामान बेच्दा रहेछौं’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक पटक हामी ९३ रुपैयाँ घाटाको ब्यापार गरिरहेका छौं । यसलाई उकास्ने एकमात्र माध्यम निर्यात बढाउनु हो ।’
पर्यटन व्यवसाय नेपालको अर्थतन्त्र उकास्ने एउटा महत्वपूर्ण स्रोत हुन सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । तर यसका लागि पर्यटनमैत्री सडक र होटल हुनुपर्ने प्रधानमन्त्रीको धारणा छ । ‘एक पटक नेपाल आएको पर्यटकले फेरी फेरी पनि आउने चाहना राखोस्’ प्रधानमन्त्री ओलीले भने, ‘एकपटक चन्द्रागिरी डाँडाँमा पुगेको पर्यटक कलंकीको जाम सम्झेर फेरी नफर्कने स्थिति छ । यो अवस्थामा सुधार ल्याउनु आवश्यक छ ।’
संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि तयार गरेको सहस्राव्दी लक्ष्य प्राप्त गर्न नेपालले द्रुत गतिमा विकास गर्नुपर्ने, गरिबी हटाउन स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्नुपर्ने बताए । ‘यो लक्ष्य प्राप्त गर्न नेपाल प्रतिवद्ध छ । यसमा नीजि क्षेत्रको सहयोगको पनि उतिकै जरुरी छ। ’ त्यसक्रममा प्रधानमन्त्री ओलीले भृकुटीमण्डपमा लागेको व्यापार मेलाको निरिक्षण पनि गरे ।
सार्वजनिक, नीजि र सहकारीमार्फत समृद्धिको यात्रा-प्रम
Previous Articleप्रधानमन्त्री ओलीको यात्रामा सबैको भविष्य सुन्दर
Next Article महिला दिवसमा जैमिनीमा एकिकृत कार्यक्रम