बागलुङ, २३ फागुन– रोजगारी तथा अध्ययनका लागि जापानमा रहेका गलकोटेहरुले गलकोट नगरपालिका वडा नं ५ कौलेनीका स्वर्गीय थम्मन बहादुर थापाको परिवारलाई एक कार्यक्रमका साथ राहत रकम हस्तान्तरण गरेका छन् । गलकोट नगरपालिका वडा नं ५ हरिचौर कौलेनी घर भई हाल जापानमा कार्यरत देवेन्द्र बहादुर थापा, हिमाल कँडेल, पृथ्वी खत्री, छमबहादुर खत्री लगायतको सक्रियतामा संकलित ५ लाख ४ हजार ५ सय ४८ रूपैयाँ स्वर्गीय थापाको १३ औ दिनको दिन परिवारलाई हस्तान्तरण गरिएको हो । राहत हस्तान्तरण गर्दै प्याराडाइज टुर एण्ड ट्राभल्स बालाजु काठमाडौका सञ्चालक समाजेवी चन्द्रबहादुर खत्रीले स्वर्गीय थापा इमान्दार र समाजको सेवक भएको बताए ।
उनले जापानमा कार्यरत युवाहरुले टुहुरा बालबच्चाको शिक्षा र परिवारको सहाराका लागि प्रशंसनीय कार्य गरेको बताए । राहत रकम ग्रहण गर्दै स्वरगीय थापाकी पत्नी अमृता थापाले दुखमा आसु पुछिदिने र भविष्यको सहारा बनाइदिन सहयोग गर्ने मन र हातहरुप्रति आभार व्यक्त गरिन् । स्वर्गीय थापाको परिवारको सहयोगार्थ आफूहरुले जापानमा १ हप्ता आर्थिक अभियान सञ्चालन गरेको अभियन्ता हिमाल कँडेलले बताए ।
उनले समाजमा दुःखमा परेकाहरुलाई विगतमा पनि सहयोग गर्ने गरेको र आगामी दिनमा दुःखमा पर्ने अन्य व्यक्तिलाई पनि सहयोग गर्ने बताए । लामो समयदेखि क्यान्सर रोगबाट पीडित थापाको ३ वर्षदेखि काठमाडौंको वीर अस्पतालमा उपचार हुँदै आएको थियोे । उपचारको लागि काठमाडौ लैजाने क्रममा तनहुँको दमौलीमा गत फागुन ५ गते ६० वर्षको उमेरमा निधन भएका स्वर्गीय थापाका २ श्रीमती, २ छोरा र १ छोरी रहेका छन् ।
Previous Articleनिगलपानीमा डाेजरमाथी दुङ्गा खस्दा २ काे मृत्यु
Next Article दुई पत्रकारमाथि राजधानिमानै जातिय विभेद