बागलुङ, २२ फाग्न– प्रदेश ४ का क्याम्पसका स्ववियु सभापतिहरुको भेलाले प्रदेश ४ लाई शैक्षिक गन्तव्यको केन्द्र बनाउनुपर्ने बताएका छन् । उनीहरुले नेपालको उच्च शिक्षामा देएिको बेथिती अन्त्य गर्दै प्रदेश ४ लाई शैक्षिक गन्तव्य बनाउन सकिने आधार रहेको पनि बताएका हुन् । धवलागिरी बहुमुखी क्याम्पसको स्ववियुले आयोजना गरेको सभापतिहरुको भेलाले उच्च शिक्षालाई राज्यको दायित्वबाट पन्छाएको भन्दै विश्वविद्यालयलाई अनुसन्धानको स्थल बनाउन पनि माग गरे ।
भेलामा आएका सभापतिहरुले त्रिभूवन विश्व विद्यालयले आंगिक र सम्बन्धन प्राप्त कलेजमा महत्वपूर्ण बिषयहरुलाई लोप हुन लागेकोमा चिन्ता पनि व्यक्त गरेका थिए । राजनीति शाष्त्र, संस्कृति, ईतिहास जस्ता बिषय लोप हुन थालेपछि देशको राजनीतिकमा पनि बिचलन आएको सहभागिको दावी छ । उक्त अवसरमा प्राध्यापक गोविन्दमान सिंहले नेपालको उच्च शिक्षालाई धरासायी बनाउन राज्यनै लागेको आरोप लगाए । उनले राजनीतिक भागबण्डामा शैक्षिक संस्था बाडेपछि शिक्षाको गुणस्तर खस्केको, रोजगारीका अवसर गुमेको र त्यसैले मानविकी र शिक्षा संकाय लोप हुन लागेको बताए । ‘कमिसन दिनेलाई सम्बन्धन दिंदै मानव जीवनको आवस्यकताका बिषय लोप बनाउने षडयन्त्र भएको छ’ सिंहले भने, ‘जनताका छोराछोरी पढ्नै नसक्ने गरी शुल्क लिनेलाई सम्बन्धन दिईदै छ ।’ समाजवाद उन्मुख राज्य भनेर संविधानमा लेखिएपनि शिक्षा र स्वास्थ्यमा जनतालाई मार्ने गरी राज्य र राजनीतिक नेतृत्वले नीलि बनाएको समेत आरोप उनको थियो । विश्व विद्यालयलाई प्राज्ञिक र अनुसन्धानको स्थल बनाउनुपर्नेमा राजनीतिक भागबण्डामा सिध्याईएको उनले बताए ।
पदाधिकारी देखि क्याम्पसको प्रमुख र सहायक प्रमुख समेत राजनीतिमा बाडिन थालेपछि शिक्षाबाट गुणस्तर र रोजगारमूलक बन्ने आधार सकिएको उनको टिप्पणी छ । स्ववियुको भेलाले प्रदेश नम्बर ४ को शैक्षिक अवस्थाको अध्ययन भएको र आगामी दिनमा चाल्ने शैक्षिक आन्दोलनको मार्ग स्पष्ट भएको धवलागिरी बहुमुखी क्यँम्पसका स्ववियु सभापति मनबहादुर थापा (मनिष)ले बताए ।
‘हामीले यो भेलालाई शैक्षिक क्षेत्रको गुणस्तर बिकासको कोषे ढुंगा मानेका छौं’ थापाले भने, ‘यस्ता क्रियाकलापबाट आएका निष्कर्षलाई विश्व विद्यालयले कार्यान्वयन गरेर ग्रामीण तहका विद्यार्थीलाई पनि सहज पढ्ने अवसरको सिर्जना गर्नुपर्छ । भेलामा उपप्राध्यापकहरु मनबहादुर खत्री र डम्बर बिक तथा विद्यार्थी नेता हरिहर शर्माले पनि शैक्षिक गन्तव्यको रुपमा प्रदेश नं. ४, तथा शैक्षिक क्षेत्रमा जनशक्तिको संभावना र चुनौती बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेशका अधिकांस क्याम्पसका सभापति तथा विद्यार्थी संघसंगठनका प्रतिनिधिले छलफल गरेका थिए । उनीहरुले निकालेको निष्कर्षलाई विश्व विद्यालय तहमा पनि लगेर शैक्षिक क्षेत्रको बिकासको एजेण्डा बनाउने दावी गरेका छन् ।
आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई अध्ययन अनुसन्धानको स्थल बनाउने बिषयमा पनि उनीहरुको छलफल केन्द्रीत भएको थियो । उक्त छलफल पछि विद्यार्थीहरुले बागलुङ घोषणापत्र जारी गर्दै शैक्षिक गन्तव्यको रुपमा प्रदेश नम्बर ४ लाई विकास गर्न राज्यलाई दवावमूलक अभियान संचालन गर्ने पनि बताए । भेलामा त्रिविले हाल ल्याएको सेमेस्टर प्रणालीको फाईदा र बेफाईदा तथा ग्रामीण तहका क्याम्पसको समस्या बारेमा छलफल गरेको थापाले जानकारी दिए । भेलाले सामुदायीक बिद्यालय स्तरबाटनै समय समापेक्षा शिक्षाका लागि प्रदेशको २० प्रतिशत बजेटको व्यवस्था, प्रदेश स्तरमा स्ववियुको प्रदेश परिषद गडन लगायतका बिषय सहित ९ बुँदे बागलुङ घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा सेमेस्टर प्रणलिलाई व्यवस्थीत गर्नका लागि आवश्यक पुर्वाधार निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण समेत गराईएको धौलागिरी बहुमुखी क्याम्पसका सभापतिले बताए ।
Previous Articleजिल्लामा पहिलोपटक ई पे सिस्टम शुरु बित्तिय कारोवारमा सहज हुने
Next Article २२ फागुन २०७४, धौलागिरी स्टार साप्ताहिक