बागलुङ, २१ फागुन– जिल्लाको जैमिनी नगरपालिका–२ दमेकमा आगालागी हुँदा पाँच गोठ जलेर नष्ट भएका छन् । दमेकको किटेनी भन्ने गाउँ नजिकैको जंगलबाट लागेको आगो गाउँमा पस्दा गोठसहित केही चौपाय समेत जलेको प्रहरी चौकी कुश्मी सेराले जनाएको छ । दिउँसो ३ बजेबाट जंगलमा लागेको आगो साढे चार बजेसम्ममा गाउँमा पसेको थियो ।
स्थानिय र प्रहरीले नियन्त्रणको प्रयास गरेपनि गाउँमा पसेको आगोले पाँच गोठ, केही शौचालय, स्थानियले दाउरा राख्न बनाएका साना झुपडी लगायत ३ वटा भैंसी, १ गोरु, ३ बाखा्रका पाठा जलेर मरेको प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक देवराज बानियाँले जानकारी दिए । प्रहरी र स्थानिय सर्वसाधारणको निरन्तरको प्रयासपछि साँझ ५ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । आगलागीका कारण कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
जंगलबाट लागेको आगो के कति कारणले भन्ने पत्ता नलागिसकेको प्रहरीको भनाई छ । आगलागीका कारण १५ लाखभन्दा धेरैको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । क्षतिको बिबरण आई नसकेकाले यतिनै क्षति भयो भनेर भन्न मिल्ने अवस्था नरहेको बानियाँले बताए । आगलागीका कारण ४ हेक्टर जंगल नष्ट भएको छ ।
Previous Article२१ फागुन २०७४, ढोरपाटन दैनिक
Next Article कांग्रेस संसदीय दलको नेतामा देउवा, उपनेतामा गच्छदार