काठमाडौं, २० फागुन – विश्वकप छनोटको पहिलो खेलमा जीतका लागि नेपालले ३८१ रनको लक्ष पाएको छ। नेपाललाई फिल्डिङको निम्तो दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८० रनको विशाल योगफल बनाएको हो ।
घरेलु टोली जिम्बावेको लागि सिकन्दर राजाले सर्वाधिक १२३ रन बनाए भने ब्रेन्डन टेलरले १०० रन बनाए । नेपालका लागि वसन्त रेग्मी तथा सोमपाल कामिले २–२ विकेट लिए भने सन्दीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिए ।
Previous Articleतीन महिनापछि संघीय सांसदहरूको शपथ
Next Article प्रदेश नं ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे सिफारिस