काठमाडौं, २० फागुन – निर्वाचन भएकाे तीन महिनापछि प्रतिनिधि सभाका सांसदहरूले शपथ लिएका छन्। ज्येष्ठ सांसद महन्थ ठाकुरले सांसदहरूलाइ शपथ गराएका हुन्। त्यसअघि ठाकुरले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष सपथ लिएका थिए ।
जेष्ठ सदस्यको हैसियतमा राष्ट्रपति भण्डारीबाट मैथिलीमा शपथ लिएका ठाकुरले सांसदहरुलाई भने नेपालीमै शपथ गराएका हुन् । शपथ ग्रहणका लागि सांसदहरु आफ्नो भेषभुसा र पहिरनमा संसद भवनमा पुगेका थिए । प्रतिनिधिसभामा २७५ सांसद छन् । सपथ ग्रहण कार्यक्रममा सांसदहरुलाई लोगो पनि वितरण गरिएको छ । मंसिर १० र २१ गते प्रतिनिधि सभा एवं प्रदेश सभाकाे निर्वाचन भएकाे थियाे।भिडियाे
Previous Article२० फागुन २०७४, ढोरपाटन दैनिक
Next Article विश्वकप छनोट – जीतका लागि नेपालले पायो विशाल लक्ष्य