गत साता बुर्तिवाङ क्षेत्रमा खाद्यन्न तथा निर्माण सामाग्री ढुवानी गर्ने दुई ट्याक्टर करिब एकै समयमा दुर्घटना हुँदा एक जनाको ज्यान गयो भने तीन जनता घाइते भए । चलाकको असावधानी र जीर्ण सडकका कारण बागलुङमा भयानक दुर्घटना हुने गरेका छन् । दुर्घटनामा परि ज्यान गुमाउनुका साथै भौतिक सम्पत्तिको समेत क्षति हुने गरेको छ । बागलुङ जिल्ला प्राविधिक जाँच बिना खनिएका सडकका कारण दुर्घटना हुने क्रम बढिरहेको छ । गाउँ गाउँमा सडक पु¥याउने होडबाजीका कारण जिल्लाका अधिकांश ठाउँ सडक संजालसंग जोडिएका छन् । प्राविधिक जाँच बिना सडक खन्ने काम तथा चालकमा दुर्घटनाबारे ज्ञान नहुँदा बागलुङमा भयानक दुर्घटना हुने गरेका छन् । अझ भनौ सवारीको क्षमता भन्दा बढी यात्रु तथा मालसामान राख्ने प्रवृत्तिका कारण पनि दुर्घटना हुने क्रम बढेको हो । बागलुङसंगै छिमेकी जिल्ला म्याग्दीमा पनि दुर्घटना हुने क्रम बढिरहेको छ । करिब तीन बर्षको अवधिमा सवारी दुर्घटनामा परि म्याग्दीमा ४१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय सडक सञ्जाल विस्तारले आम सर्वसाधारणलाई आवतजावतमा सुविधा पुगेपनि उत्तिकै दरमा दुर्घटना हुने क्रम बढिरहेको छ । सवै जिल्लामा अहिले पनि सडक पूर्वाधार विकास निर्माण तर्फको कार्य प्रहिलो प्रथामिकतामा पर्ने गरेको छ । सडक सञ्जालको पहुँच विस्तारसगै सवारी चाप पनि थपिदै गएको छ । सडक विस्तारमा गरिने हेलचक्राई, जिर्ण सडक स्तरोन्नतीमा हुने बेवास्ता, पुराना सवारी साधनलाई आबश्यकता अनुसार मर्मत नगरिनु, जस्ता कारणले भने सडक सञ्जालले सुविधा उपभोगमा ल्याउने खुसीसंगै विभिन्न समयमा हुने गरेका दुर्घटनाले बढी पिडाबोध गराउने गरेको छ । भिरालो जमिनमा सडक मापदण्ड विपरित ग्रेड नमिल्याई यातायात सुविधाको पहुचँ विस्तार गर्दा सवारी दुर्घटना भने बढिरहेको छ । जसले जिल्लामा धेरैको अकालमा ज्यान लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीमा भएको तथ्याकं अनुृसार पछिल्लो समय तिन वर्षको समयमा म्याग्दीमा सवारी दुर्घटना परेर ४१ जनाले ज्यान गुमाएका छन् । आर्थिक बर्ष २०७३÷ ०७४ मा सवारी दुर्घटना परि ६ जनाको ज्यान गएको छ, जसमा ५ पुरुष १ महिलाले दुर्घटनाबाट ज्यान गुमाएका छन् । सो समयमा २५ सक्त र २७ सामान्य घाईते भएका थिए । सो बर्षमा ११ सवारी दुर्घटना हुदाँ १० वटा सवारी साधन पूर्ण रुपमा क्षतीग्रस्त भएका थिए । यो बर्षमा ४ सवारी दुर्घटना हुदाँ ११ सक्त घाईते, १७ सामान्य घाईते भएका छन् । सार्वजनिक यातायात दुर्घटनामा परिरहने र यात्रा असुरक्षित हुने भयले आम यात्रुहरुलाई ढुक्क रुपमा सवारी साधन मार्फत यात्रा गर्न सक्ने अवस्था अझै सृजना नभएको सरोकारवालाहरुको भनाई रहेको छ । जिल्लामा कच्ची सडक, चालकको लापरबाही, क्षमताभन्दा ओभरलोड, तिव्र गति, माधक प्रदार्थ सेवन, सागुरो सडकमा ओभरटेक गर्ने, पैदल यात्रुको गल्ति, छाडा चौपाय, सडकको अवस्था, मौसमको अवस्थाले सवारी दुर्घटना हुने गरेको छ । दुर्घटना हुने क्रमलाई रोक्नको लागि सम्बन्धित निकायले विशेष चासो दिनुपर्छ ।