बागलुङ, १७ फागुन– जिल्लाको जैमिनी नगरपालिका २ दमेकमा पहिलो पटक बस पुग्दा स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् । साना सवारी साधन गुडिरहेको स्थानमा पहिलो पटक मंगलवार बस पुगेका थिए । जैमिनी नगरपालिकाको सहयोग तथा वडा कार्यालयको अगुवाईमा सडकको स्तरउन्नती भएपछि दमेकमा पहिलो पटक बस पुगेको हो । पहिलो पटक बिबाहका जन्ती लिन दमेक पुगेको बस र चालकलाई स्थानीयले फुल माला र अविरले सिंगारेका थिए । सयौंको संख्यामा उपस्थित स्थानीयले हर्स उल्लासकासाथ अबिरजात्रा गरेको वडाअध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले बताए । जिप र पिकअप मात्रै चल्ने सडकमा पहिलो पटक ठुलो बस आएको देख्दा आँफुहरु खुसी भएर अविर जात्रा गरेको मात्रिका शर्माले बताए ।
स्थानीय एक युवाको बिबाहका जन्ती लिनका लागि बागलुङ भगवती यातायातको बस दमेक पुगेको थियो । साँघुरो सडक र ठाउँ ठाउँमा खाल्डा खुल्डी रहेका कारण नगरपालिकाको केन्द्र कुश्मीशेरा देखी दमेक सम्म ठुला सवारीका साधन चल्न सकेका थिएनन् । वडा कार्यालयले यस बर्षको बजेटवाट सडकको स्तर उन्नतीको योजना बनाएको थियो । यो कार्यक्रम अनुसार ठुला सवारी साधन समेत सहजरुपमा दमेकको सुन्तलाचौर सम्म चल्न सक्ने भएको सापकोटाले बताए । बाटो सहज भएपछि स्थानीयको मागलाई मध्यनजर गर्दै वडा कार्यालयले दमेक देखी सिधा बागलुङ बजार सम्म बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । जिल्लाका बिभिन्न सडकहरुमा सावरी गुडाईरहेका यातायात समितीका पदाधिकारीहरुसँग बस सञ्चालनको पहल भैरहेको सापकोटाले बताए । दमेक देखी कुश्मीशेरा हुँदै बागलुङ बजार सम्म बस सेवा सञ्चालनमा आउँदा त्यस क्षेत्रका सयौंलाई राहत मिल्नेछ ।
Previous Articleबागलुङका मुख्य सडकहरु धुलाम्मे
Next Article १७ फागुन २०७४, ढोरपाटन दैनिक