भरत बागलुङे
वर्तमानमा उभिएर मुलुकलाई हेर्दा हामी त्यस्तो ठाउँमा छौँ जहाँबाट सुन्दर भविष्यको कल्पनागर्नु दुस्साहस वादहुनेछ । कुनै टाट पल्टिएको कम्पनी, वित्तिय संस्था या धेरै थरी रोगले सताएको मानव शरिर जस्तो हामी कताबाट तिनको उपचार गर्ने र तिनलाई स्वस्थ बनाउने अलमल परेका विज्ञहरु जस्तै छौँ यद्यपी यही असरल्ल बीच हामीले एकपटक फेरी एउटा सुन्दर सपना देखिरहेका छौँ । मुलुक मल्टि अर्गान फेलियर मानव शरिरसँग तुलनागर्दा फरक पर्दैन तर माक्र्सवादले असम्भवका बीच हजारौँ सम्भावनाहरु जीवित देख्दछ सम्भवत हामी दुःखको एक छेउबाट सुखका मृगमरिचिका नियाली रहेका छौँ यसको नेतृत्व केपीओली र पुष्पकमल दाहालले गरिरहेका छन् । तीहामीले सुन्दै आएका पुराणका महादेव या विष्णुका अवतार जरुर हैनन् जसले तिलस्मी शैलीले हाम्रा अथाह दुःख लाई नाश गर्नेछन् । ती केवलहाम्रा सपनाका साक्ष्य पात्र र हाम्रा विश्वासका आधार मात्रहुन् जहाँ नागरिक कर्तव्य, इमान्दारिता र अनुशासनले हामीले तिनलाई र तिनले हामीलाई शौर्य मण्डलका ग्रहहरुको शैलीमा एक अर्कासँग पृथक हुनदिने छैनन् । यहीएकाकारभित्र हामीले समृद्ध नेपाल निर्माणको अभियानमा आफुलाई समर्पित गर्नेछौँ । केपी र पिकेले संघ र प्रदेशको चुनावमा गरेकावाचा, तिनका घोषणा पत्र र भूतपूर्व सरकारी काँग्रेसीहरुको सत्ता दुरुपयोग र दादागिरिबाट वाक्क दिक्क आमनागरिकले खोजेको परिवर्तन त्यो दुर्लभ मौका यसपाली जसरी केपी र पिकेले प्राप्तगर्न सफल भएका छन् त्यस प्रति भूईँदेखि केन्द्रसम्मका एमाले र माओवादी जनहरु गम्भीर भएर आत्मासाथ गर्नुको सायद विकल्प हुनेछैन ।
पुरै खण्डहर छ अर्थतन्त्र, आर्थिक अनुशासन शुन्यभएको मुलुकले एउटा गतिलो अर्थमन्त्री प्राप्त गरेको खुशियाली साटुन्जेल नागरिक ती ढुक्क भएर उत्सव मनाउन सकिरहेका छैनन् तिनको चैतन्यमा स्थापित तस्कर, दलाल र भ्रष्टहरुको चित्र फनफनी घुमिरहेको छ । राष्ट्रिय अन्तराष्ट्रिय माफियाहरुबाट चीरहरण भएको हाम्रो अर्थतन्त्रको सजिवत्व त्यो असाध्य कठिन कामहो तर हामी त्यही कठिनाईमा सफलता खोज्ने अभियानमा सरिक बन्न गईरहेका छौँ । कठिन हिमाली पदयात्रा जस्तो यो यात्रामाकेपी र पिकेको सफलता असफलताका थुप्रै कारकहरु मध्ये हामी तिनका कार्यकर्ताहरुको जीवन शैली, आचारण, अनुशासन, त्याग र समर्पण प्रमुखकारक बन्नेछन् । केपी र पिकेको यो युगसन्धिको दोसाँधमा उभिएर मुलुक नियाली रहेको पथिकलाई ज्ञात छ ती सबै भन्दा कठिन समयमा राजनैतिक परीक्षामा सामेल बन्न गईरहेका छन् तिनको सफलता असफलतामा सधैं धोखा, षडयन्त्र र असहयोगको बाटो हिँडिरहेको प्रतिपक्ष भन्दा आप्mनै मान्छेहरुको भूमिका महत्वपूर्ण हुनेछ ।
मुलुकमा शान्ति सुरक्षा दयनीय अवस्थामा पुगेको छ, महङ्गी बढिरहेको छ, बेरोजगारीको समस्या यतिभयावह छकी विश्व विद्यालयबाट ग्राजुयट दक्षजनशक्ति भाँडा माभ्mन हजारौँको सङ्ख्यामा विदेश पलायन भईरहेको छ, सरकारी कार्यालयहरु, विद्यालय, विश्वविद्यालयहरु पुरै असफलप्रायः देखिन्छन् ती शित निद्राबाट ब्युँझेको अल्छि सप जस्तो आप्mनो दैयन्दिनीमा सरिक बनिरहेका छन्, मानवअधिकार र नागरिक स्वतन्त्रताको स्थिति राम्रो मान्न नसकिरहेको अवस्थामा केपी र पिकेले मुलुक सम्हाल्न पुगेका छन् तीप्रति लाखौँ करोडौं सीमान्तकृत नागरिकको भरोसा छ । नागरिकलाई थाह छ कीतिनले पनि यो मुलुक सम्हाल्न सकेनन् भने मुलुक फेरी ठूलो द्धन्द्ध र हिँसामा फस्नेछ । मुलुकको हातमा अर्थतन्त्रको दरो साधन र स्रोत छैन उ नागरिकसँग कर उठाएर आप्mनो दैनिकी चलाईरहेको छ । देशका कलकारखाना, उद्योग धन्दा तीधुलिसात पारिएको छ । प्राकृतिक स्रोत साधनमा दलालहरुको एकाधिकार आज पर्यन्त यथाबत छ । गुण्डाराजले व्यवसायीहरु ती ढुक्क कामगर्न र व्यवसाय चलाउन सकिरहेका छैनन्, रेमिटेन्सबाट प्राप्तभएको पैसा त्यो दालचामल, लत्ता कपडा र विलासिताका वस्तुहरुमा बेपर्वाह खर्च भईरहेको छ । विकास बजेट राज्यको दैनिकी चलाउन खर्च भईरहेको छ । केपी र पिके ती तर पनि सपना देखिरहेका छन् । आत्माविश्वास साथ ती समृद्ध नेपाल निर्माण गर्ने कुरो गरिरहेका छन्, सबै कोणबाट हेर्दा प्वालै प्वाल परेको डुङ्गा या मल्टि अर्गान फेलिएर मानव शरिर जस्तो मुलुकको उपचार कताबाट शुरु गर्ने र कसरी गर्ने ? यो अलमलमा नागरिकस्तरबाट नागरिकको दायित्व, कर्तव्य र अनुशासन अरु महत्पूर्ण बन्न जानेछ । हामी सधैं हक अधिकारको मात्र कुरा गरिरहेका हुन्छौँ तर नागरिकको राज्य प्रतिको उत्तरदायित्व र अनुशासन र विधिको शासनमा नागरिकको भूमिकाको गरिमा प्रति बेखवर छौँ या बेखवर बनिदिन्छौँ । यतिबेला सबै भन्दा ठूलो त्याग, बलिदानी र आर्थिक अनुशासन सरकारी दलका नेताकार्यकता, समर्थक र शुभेच्छुकमा हुनुपर्ने देखिन्छ । केपी र पिकेका पछि जो बेहदम्याराथुन दौडीरहेका छौँ हामी सबैले गम्भीर हुनु जरुरी छ की भूतपूर्व सरकारी काँग्रेसीहरुले हिँडेको बाटो हिँडेर केपी र पिकेले बोकेको आर्थिक विकास, समृद्ध नेपाल र सुशासन कदापी प्राप्तगर्न सकिनेछैन ।
ढिलासुस्ती, घुसखोरी, भ्रष्टाचार, भनसुन, बाहुबल, लोभ लालच, ठेक्कापट्टा, किर्ते बिल भरपाई, नातावाद, राजनैतिक संरक्षण, आर्थिक अनुशासनहिनता र विचार विहीन यात्रा आदि–इत्यादिले काँग्रेस ध्वस्त बन्नपुगेको छ र काँग्रेस सँगसँगै मुलुक पनिध्व स्तबन्न पुगेको छ, खरानीको राशबाट नयाँ नेपालको बीउ अंकुराउन असम्भव छैन तर हामीसामु चुनौतीको विशाल चोमोलुङ सम्मुख ठिङ्ग उभिइरहेको छ । भूतपूर्व सरकारी काँग्रेसीहरुले जुन बाटो हिँडे, जुननीति, थितिबसाले र राज्य शक्तिको आडमा जसरी तिनले आप्mनो नीजि जीवनबदले, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको एकोहोरो शंख फुकेर दशकौं मुलुकको दोहनगरिरहेमुलुक खरानी धसेर खरानीको व्यापार गर्न निस्कनु पर्ने कारक काँग्रेसले लिएको खराव आर्थिक नीति, अनुशासनहिनता, कानुनीराजको अपहेलना, गुण्डागर्दी, लुटपाट र राष्ट्रिय अन्तराष्ट्रिय दलाल पूँजीवादीहरुको हितहुने नीतिको अनुशरण थियो ।
सरकारी काँग्रेसीहरुको छेउमाउभिएर करिब करिब तिनको सिको गरेका एमाले माओवादीका नेता, कार्यकर्ता समर्थक शुभेच्छुकहरु ती केपी र पिकेको मिलनले जति पुलकित छन् तिनको इमान्दारितालाई तिनले मुलुक बदल्न समर्पित र बलिदानी हुनसक्छन् या तीपनि ठेक्कापट्टा, सरुवा बढुवा, जागीर, घुस, नातावाद, भनसुन, गुण्डागर्दी आदिआदिलाई काँधमा बोकेर भूतपूर्व सरकारी काँग्रेसीहरुको पथमा लाग्छन् केपी र पिकेको भविष्य तिनका आप्mनै मुन्छेको हातमाहुनेछ । दुनियाँबदल्न भाषण हैन आचरण र शैली बदल्नु जरुरी छ, विचारको आलोकमा चेतनाको माध्यमबाट सामाजिक, आर्थिक, शैक्षिक, धार्मिक, भौगोलिक र साँस्कृतिक रुपमा धुलिसात बनिरहेको मुलुक बदल्न सबै भन्दा बढ्ता इमान्दारिता, सच्चरित्र, अनुशासन र आत्मविश्वास हरेक तहका नेता, कार्यकता र शुभेच्छुकमा हुनुजरुरी छ अन्यथा भूतपूर्व सरकारी काँग्रेसको नियतीको विकल्पबाट केपी र पिके अलग रहन सक्नेछैनन् । चेतनाभया !
Previous Articleनेत्रविक्रम चन्द विप्लवलाई पक्राउ पूर्जी
Next Article कहिले बन्छ बस्ती