बिकासका एजेण्डामा राजनीति नगरौं– पौडेल
बागलुङ, १६ फागुन– महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले देशको आर्थिक समृद्धिका लागि सरकारले काम गर्ने बताएकी छिन् । बागलुङमा मगर दिवश, जिल्ला समन्वय समितिको स्वागत तथा कार्यकर्ता भेटघाटमा व्यस्त भएकी मन्त्री थापाले अवको सरकारको एजेण्डा देशको अग्रगामी बिकास एक मात्र बिकल्प भएको बताएकी हुन् । उनले भर्खरै गठन भएको सरकारले जनताको तत्कालिक आवस्यकताको आधारमा काम गरिरहेपनि दिर्घकालिन रुपमा आर्थिक समृद्धि भएको बताएकी हुन् ।
वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रम केही समयमा ल्याउने र त्यसले ५ बर्ष सम्म सरकराले गर्ने कामको स्पष्ट खाका ल्याउने दावी गरिन् । कार्यक्रम आइनसकेपनि जनताको हितमा काम गर्न भने सरकारलाई कसैले रोक्न नसक्ने समेत बताईन् । ‘केही समयमा मन्त्रीपरिषदले पूर्णता पाउने र नीति तथा कार्यक्रम आउँछ’ थापाले भनिन्, ‘त्यसपछि योजनाबद्ध ढंगले काम गर्ने वातावरण मिल्नेछ ।’ अहिले जनताको तत्कालिक आवस्यकता र निर्वाचनको समयमा जनताको घरदैलोमा गरेका प्रतिवद्धता पुरा गर्न सकिने प्राथमिक काम गर्ने उनले बताईन् । जिल्ला समन्वय समिति बागलुङले जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु र मन्त्री थापालाई स्वागत र सम्मानको कार्यक्रम पनि राखेको थियो ।
मंगलवारको उक्त कार्यक्रममा स्थानीय तह अझै अन्यौलमा रहेकोले काम गर्ने वातावरण मिलाउन प्रमुख राजेन्द्र ढुंगानाले आग्रह गरेका थिए । ‘संविधानमा उल्लेख भए अनुसार अनुगमन लगायतको काम गरिरहनु होला’ थापाले भनिन्, ‘प्रदेश कानूनले अवस्य पनि केही अवसर सिर्जना गर्नेछ ।’ स्थानीय तह, प्रदेश र संघिय सरकार गरी तीन प्रकारको संरचना भएकोले समन्वय समिति भने हाल निस्कृय छ । समितिको अन्यौलता बारे मन्त्री थापाले छिटै अन्यौल हटेर कस्तो काम गर्ने भन्ने बिषयमा खाका अउने पनि बताईन् ।
मन्त्री थापाले कर्मचारीहरुलाई निर्देशन दिंदै जनताको भावनाको कदर गर्दै काम गर्न आग्रह गरिन् । ‘जनताले बाम गठबन्धनलाई दुइ तिहाई मत दिएका छन्, त्यसैले कर्मचारीहरुले पनि उनीहरुको भावना अनुसार काम गरिदिनुहोला’ थापाले भनिन्, ‘अवको ५ बर्ष हामीले पनि जनताको चाहना अनुसार काम गरेर समृद्ध राष्ट्र निर्माण गर्नेर्छौ ।’ थापाले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र सरकारले लगाएको काम नगर्नेलाई कारवाही गरेर जाने तयारीमा रहेको दावी गरिन् । खटाएको स्थानमा काम गर्न कर्मचारीले नटेरेको भन्ने आईरहेको भन्दै उनले त्यस्तो नगर्न पनि आग्रह गरिन् । मंगलवारै बागलुङका पार्टी कार्यकर्तासँग थापाले भेट गरेकी थिईन् । उनले पार्टी कार्यकर्तालाई निर्वाचनका बेला गरेका वाचा पुरा गर्ने गरी कार्यक्रम बनाएर सरकार सम्म ल्याउन आग्रह गरिन् ।
यसैबिच
कार्यक्रममा माओवादी नेता देवेन्द्र पौडेलले सरकार लगायत राष्ट्रिय पदाधिकारीको पूर्णता पाउन एम महिना लाग्ने बताएका छन् । जिल्ला समन्वय समितिले आयोजना गरेको स्वागत कार्यक्रममा आएका पौडेलले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष चयन भएर मन्त्री मण्डलले पुरा रुप लिन एक महिना लाग्ने बताएका हुन् । मन्त्रीमण्डल पुरा भएपछि ५ बर्ष सम्म राजनीतिक आस्था र बिभेद नगरी सुशासन, आर्थिक समृद्धि लगायतको काममा मिलेर अगाडि बढ्ने प्रतिवद्धता जनाए । ‘अव दलका मात्र कुरा गरेर बिकास संभव छैन’ उनले भने, ‘बिषेष गरी कृषि, पर्यटन र जलविद्युतको बिकासमा साझा अभियान लिएर जानुको बिकल्प छैन ।’ जिल्लाको समृद्धिका लागि सबै सांसद र स्थानीय सरकार प्रमुखको साझा बैठक बसेर कार्यक्रममा एकरुपता बनाएर जाने उनले बताए ।
कार्यक्रममा एमाले अध्यक्ष तथा प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटाले प्रदेशमा गएपछि बिकासले तीब्रता पाउँछ भनेपनि प्रदेश नम्बर ४ कास्की केन्द्रीत भएर बढीरहेको टिप्पणी गरे । ‘हाम्रा धेरै सांसद र बिज्ञहरुले पोखरालाई मात्र पर्यटकीय, आर्थिक र सास्कृतिक स्थल देखेका छन् । ढोरपाटन, बागलुङ कालिका, पञ्चकोट र गलकोट पनि पर्यटकीय स्थान र ऐतिहासिक स्थल हुन भनेर स्थापित गर्न संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उनले सबैको साथ र सहयोग बिना फेरी जिल्ला ओझेलमा पर्ने गुनासो पनि गरे । जनताको चाहना अनुसार काम गर्नका लागि सबै मिलेर साझा काम गर्न उनले अन्य सांसदलाई पनि आग्रह गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण थापाले जनताको चाहना अगाडि र प्रदेश तथा संघका कामहरु पछाडि परिरहेको टिप्पणी गरेका थिए ।
अर्का सदस्य कोपिला बोहोराले बिकासका काममा सबैको हातेमालो आवस्यक पर्ने बताईन् । प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले राज्यले सुम्मेको कार्यभार पुरा गर्न कर्मचारीहरु तयार भएर बसेको प्रतिवद्धता जनाए । स्वागत कार्यक्रमको संचालन बरिष्ठ सामाजिक विकास अधिकृत भेषराज पौडेलले गरेका थिए ।
Previous Articleजैमिनीघाट–पोखरा सडक स्तरोन्नती
Next Article १६ फागुन २०७४, ढोरपाटन दैनिक