बागलुङ, १६ फागुन– मगर दिवश बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । ३६ औं मगर दिवशको अवसरमा मंगलवार सयौंले एकै प्रकारको पोशाक लगाएका बागलुङ ¥याली र झाँकी सहित दिवश मनाए । उनीहरुले मगर संस्कृति झल्काएका थिए भने गीत संगीत र नृत्यले दिवशलाई रौनकता थपे । जुलुसमा दुइ तिहाई देखिएका मगर महिलाहरुले नाँचगान गर्दा बजारमा रौनकता थपिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले नेपालका भाषा भाषी र जातजातीको संरक्षण र उत्थान आवस्यक भएको बताईन् ।
साथै उनले राज्यले पछाडि पारेका समुदायको बिकासका लागि अवको सरकारले बिशेष कार्यक्रम ल्याएर जीवनस्तर उकास्न सहयोग गर्ने बताईन् । मगर समुदाय पनि जातीय र भौगोलिक रुपमा पछाडि परेको उनको भनाई थियो । दिवशकै अवसरमा सहभागिले मगर स्वायत्त राज्यको माग गर्दै नाराबाजी पनि गरे । हरेक प्रदेशमा स्थानीय भाषा संरक्षण गर्ने विश्व विद्यालयको स्थापना माग उनीहरुको अर्को माग थियो । सालैज्यो, कौरा, सोरठी लगायतका सामुहिक नृत्य र झाँकीमा पनि सयौं सहभागि भए । दिवशको अवसरमा बिहानै देखि ¥यालीले बागलुङ बजार परिक्रमा गरेपछि मुल समारोह पनि गरे । धौलागिरी क्षेत्रमा मगरको बाहुल्यता भएकोले भाषा र संस्कृति संरक्षणमा अगुवाई गर्नुपर्नेमा पनि जोड दिएका थिए । दिवशको समारोहमा राजनीतिक दलका अगुवा, सामाजिक संघसंस्थाका प्रतिनिधि समेतले साथ दिएका थिए । कार्यक्रममा सहभागि भएका सयौंले एकैप्रकारको पोशाक लगाएर प्रदर्शन गरेको पहिलो पटक भएको मागर संघ नगर प्रारम्भिक कमिटिका अध्यक्ष हिराबहादुर थापाले बताए ।
दिवश सँगै भाषा संरक्षणका लागि सबै जागरुक हुने बेला आएको समेत उनीहरुको भनाई थिाये । कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण थापा, टेकबहादुर घर्ति, सावित्री राना, लाङ्घाली परिवारका संस्थापक महासचिव केवी राना मगर, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, नेपाल मगर बिद्यार्थी सघंका केन्द्रिय सदस्य तथा धौलागिरी बहुमुखी क्याम्पसका स्वबियू अध्यक्ष मनिस थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाल मगर नगर प्रारम्भिक समिति बागलुङका अध्यक्ष हिराबहादुर थापा मगरको अध्यक्षता, मगर सघं बागलुङका सदस्य कुसुम बुढाको स्वागत र नेपाल मगर बिद्यार्थी सघं बागलुङका अध्यक्ष प्रतिक घर्ति मगरको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा मगर समुदायको बिभिन्न अभियानमा महत्वपूर्ण योगदान पु¥याउने चन्द्रबहादुर थापा, लोकबहादुर थापा, ज्येष्ठ नागरिक लगायतलाई सम्मान गरिएको थियो भने नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि सञ्चालित ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानमा १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । रकमको चेक महिला तथा बालबालिका मन्त्री थममाया थापा र गणेश थापा मगरले पत्रकार महासंघका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरे ।