नेपाल बहुजाति बहुभाषिक र अनेकौं संस्कृति भएको देश हो । नेपालमा प्रायः हरेक महिना बिभिन्न जाति र भाषाभाषीका बिषेश चार्डपर्वहरु हुन्छन् । सांस्कृतिक रुपमा परापुर्वकालदेखी मनाउँदै आएका चार्डपर्वको आ–आफ्नै महत्व रहेको छ । नेपालमा मनाईने चार्डपर्वले धार्मिक, सांस्कृतिक, भौतिक तथा बैज्ञानिक आधारहरु समेत बोकेको पाईन्छ । कुनैपनि चार्डपर्व मनाउँदा त्यसका सकारात्मक पक्ष प्राप्तीका लागि हामीले सकारात्मक कर्म र सोच पनि सकरात्मक बनाउन जरुरी छ । चार्डपर्वको नाममा देशमा निकै ठुला–ठुला बिभेद र अप्रिय घटनाहरु समेत हुने गरेका छन् । चार्डपर्वको महत्वलाई कम बुझेर अर्थको अनर्थ लगाई त्यसलाई बिकृत रुप दिँदा चार्डपर्वहरु नेपाल र नेपालीका लागि अभिशाप पनि हुने गरेका छन् ।
देशमा मनाईने बिभिन्न चार्डहरुमध्ये होली अर्थात् फागु पुर्णिमा पनि एउटा महत्व पुर्ण चार्ड हो । फागुनको शुक्ल पुर्णिमाका दिन मनाईने होली पहाडमा पुर्णिमाको दिन र तराईमा त्यसको भोलिपल्ट मनाउने चलन छ । यो चार्ड नजिकिँदै जाँदा चार्ड मनाउने भन्दा पनि चार्डका बेला हुने खतराको जोखिम कम गर्ने बिषयका बहसहरु धेरै चल्न थालेका छन् । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । बिषेश गरेर तराईका जिल्लाहरुमा यस्तो योजना बनाईएको हो । हिन्दु धर्मग्रन्थ अनुसार होलीकाको बिजय उत्सवका रुपमा मनाईने होलीमा बिभिन्न रङ्गहरुकोे प्रयोग गरेर टिका लगाउने वा उत्सव स्वरुप स्वतःस्फुर्त रंगहरुसँग खेल्ने परम्परा रहेको भएपनि पछिल्लो समय यसको गलत प्रयोग हुन थालेको छ । होलीमा रंगहरु छ्याप्ने, लोला हान्ने र मादक पदार्थ सेवन गरेर अवान्छनीय क्रियाकलाप गर्ने संस्कृतिको विकास भैरहेकाले पछिल्लो समय राज्यको सुरक्षा निकायले होली जस्तो पर्वमा समेत सुरक्षा योजना बनाउनु परेको हो । होलीलाई लक्षित गर्दै इच्छा विपरित लोला हान्ने वा रंग लगाउने, फोहर पानी छ्याप्ने, विपरीत लिंगी वा यात्रीलाई दुःख दिने लगायतका कार्य रोक्न जसरी सुरक्षा निकायले विशेष सुरक्षा योजना ल्याएको छ । यो सामाजिक प्राणीका लागि लाजमर्दो कुरा हो । हामी हाम्रो संस्कृतिलाई निरन्तरता दिँदा समेत सामाजिक र सांकृतिक रुपमा नै बन्देज गरिएको कुराहरुको प्रयोग गर्नु राम्रो कुरा होईन् । मादक पदार्थ सेवन गरेर हिँड्ने, जथाभावी सवारी साधन चलाउने, सामाजिक सद्भाव र मेलमिलाप भड्काउने गतिविधि गर्ने, साम्प्रदायिक सहिष्णुताविरुद्ध हुने गतिविधि नियन्त्रण गर्न अब हामी हाम्रो समुदाय स्तरबाट लाग्नु जरुरी छ । होलीको समयमा हुन सक्ने घटनालाई हामी आँफैले नागरिकको तहबाट चेतना प्रयोग गर्नु जरुरी छ । चार्डपर्व हाम्रा सांस्कृतिक सम्पत्ति हुन्, यिनको संरक्षण र सम्बर्धन गर्नु हाम्रो दायित्व हो । होली जस्ता पर्वहरुलाई त्रास र भयको पर्वको रुपमा हैन साँच्चै रंगिन पर्वको रुपमा मनाउने परिपाटीको विकास गरौं । सद्भाव र सहिष्णुताको पर्वको रुपमा होलीलाई मनाउन नागरिक समाज, शिक्षक, पत्रकार, पेशाकर्मी बुद्धिजिवी सबैले आ–आफ्नो तर्फबाट सुरुवात गरौं । होली २०७४ को देशबासी सबैमा शुभकामना ।