मुस्ताङ, १४ फागुन– हिमाली जिल्ला मुस्ताङमा चिसो घटेपछि हवाई यात्राबाट जोमसोम पुग्नेहरुको संख्या बढेको छ । हिउँदको २ महिना मुस्ताङमा न्यून पर्यटक भित्रिए पनि अहिले जोमसोममा चहलपहल ह्वात्तै बढेको छ । चिसो मौसमको समाप्तीसंगै बशन्त ऋतु सुरु भएपछि भारतीय पर्यटकको संख्यामा अपेक्षाकृत बृद्धि भएको नागरिक उड्यन कार्यालय जोमसोमले जनाएको छ ।
यो मौसममा नयाँ पालुवा पलाउने र चारैतिर हरियाली छाउने भएकाले पर्यटक घुमफिरका लागि उपयुक्त समय भएको कार्यालयको भनाई छ । हिउँद याममा १ मात्र उडान भर्दै आएको तारा एयरलाईन्सको जहाजले गत हप्तादेखि दैनिक पाँच उडान गरिरहेको छ । जसमा अधिकांश भारतीय छन् । वर्षायामको सुरुआतसंगै जोमसोमको नियमित उडानको संख्या बढ्न सक्ने बताएको छ ।
तारा एयरलाईन्सले पोखरादेखि जोमसोमको नियमित उडान गर्दै आएको छ । बिगतमा सिम्रिक एयरलाईन्स र नेपाल वायुसेवा निगमले जोमसोमको उडान गरेपनि हाल भने नियमित छैनन् । नागरिक उड्यन कार्यालयका अनुसार निकट भविष्यमै समिट एयरलाईन्स, नेपाल वायुसेवा निगम र सिता एयरलाईन्सले पनि सेवा संञ्चालन गेर्नेछन् । जोमसोमका लागि उडान गर्न सक्ने भौगोलिक मापदण्ड अनुसारको दक्ष क्याप्टेन अभावका कारण उडान गर्न नसकेका नागरिक उड्यन कार्यालयले जनाएको छ ।
Previous Articleफोनिज बागलुङको पदस्थापन
Next Article कैलासको सिल्भर जुब्ली निक्षेप योजना