बागलुङ, १४ फागुन– आदिवासी जनजाती पत्रकार महासंघ फोनिजको अधिवेसनबाट निर्वाचित पदाधिकारीका लागि आईतवार पदस्थापन गरिएको छ । फागुन २ गते भएको अधिवेसनले संगम घर्ती मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । उपाध्यक्षमा प्रकाश छन्त्याल र सचिवमा लिला थापा, सहसचिव डम्बर बुढा र कोषाध्यक्षमा तनमती रोका छन् । सदस्यमा जीवन थापा र छवि थापा छन् । कार्यक्रममा फोनिजका पूर्व अध्यक्ष महेशचन्द्र प्रधान पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, केन्द्रीय पार्सद तथा पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, महासंघका सचिव राम थापा अविरल लगायतले नयाँ समितिलाई शुभकामना दिएका थिए । संगम घर्ती मगरको अध्यक्षता, बिजय रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleउत्तर कोरिया अमेरिकासँग सम्बन्ध सुधार गर्न इच्छुक
Next Article जोमसोम पुग्ने पर्यटक बढे