बागलुङमा आजदेखि औषधि खुवाईदै
बागलुङ, १२ फागुन– हात्तिपाईले रोग निवारणका लागि शनिवारदेखि औपचारिक रुपमा शुरु हुने औषधि वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन पहल थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले अभियानको अघिल्लो दिनमै सदरमुकाम आसपासका ३० वटा विद्यालयका १४ हजार बालबालिका लाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाएको हो ।
उक्त औषधि सँगै सबैलाई जुकाको औषधि पनि खुवाउने कार्यक्रम राखेको छ । शुक्रवार जिल्ला जनस्वास्थ्य कार्यालयमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बरिष्ठन जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीलाई खुवाएर अभियानको शुभारम्भ गरेका थिए । साथै उक्त अवसरमा पत्रकारलाई पनि औषधि खुवाइएको थियो । हात्ति पाईले रोगको संक्रमण बागलुङमा १ दशमलव ६ प्रतिशत रहेकोले घटउनका लागि यो अभियान फेरी गर्नुपरेको तिवारीले बताए । यो अभियानका लागि जिल्लाका २ लाख ५६ हजार जनालाई खुवाउँदा बार्षिक एक करोड रुपैयाँ भन्दा धेरै रकम खर्च भैरहेको छ । आर्थिक व्ययभार अन्त्य सँगै जनचेतना फैलाएर रोगलाई उन्मुलन गर्ने लक्ष राखिएपछि यो अभिायनको रुपमा केही बर्षदेखि औषधि खुवाउँदै आइएको छ । यो बर्ष सबैलाई प्रत्यक्ष निगरानीमा खुवाउने कार्यक्रम रहेको समेत उनले बताए । हात्तिपाइलेको संक्रमणबाट पुरुषमा हाइड्रोसिल, महिलाको योनी तथा स्तनमा बढी प्रभाव पर्छ ।
त्यस्तै शरिरको तल्लो भागमा बढी असर गरेर अपांगता समेत हुने समस्या अन्त्यका लागि यो रोग विरुद्ध लामो समयदेखि औषधि खुवाउने अभियान थालिएको हो । अन्तरक्रियामा डा. राजभण्डारीले हात्तिपाईलेलाई सबैले गम्भिर रुपमा लिएर जिल्लाबाट उन्मुलन गराउनुपर्नेमा जोड दिए । सर्भेक्षण अनुसार प्रदेश नम्बर ४ मा बागलुङ, पर्वत, स्याङजा र लमजुङमा प्रभावितहरु भेटिएको थियो । यो औषधि गर्भवती, २ बर्ष मुनिका बालबालिका र दिर्घरोगका कारण औषधि सेवन गरिरहेकालाई बाहेक सबैलाई खुवाउन मिल्ने पनि उनले बताए । रातको समयमा लामखुट्टेबाट बञ्च झुल टाँगेर सुत्नेबानीले यो रोगको संक्रमण बाट वञ्च सकिने पनि उनले जानकारी दिएका छन् । अन्तरक्रिया तथा छलफलमा पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, जनस्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट जितेन्द्र यादव, अनन्त न्यौपाने र चुडामणी कंडेल लगायतले जिल्लाको वर्तमान अवस्थाबारे प्रष्ट पारेका थिए । उनीहरुले हात्तिपाईले उन्मुलनका लागि छिमेकी चिन देखि सबै देशले गरेको अभियान बारे पनि प्रस्तुतीकरण गरेका थिए । सोही अवसरमा अंग्रेजी फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाइएको बिषयमा साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख मनोज श्रेष्ठले पनि आफ्नो प्रस्तुतीकरण गरेका थिए । उनले बिशेषगरी बागलुङका पश्चिमी क्षेत्रमा आयोडिन नुनको कमीले भएको समस्या बारे जानकारी गराएका थिए ।
साथै आयोडिनको कमी बारे आएका समाचार पछि उक्त स्थानमा पुगेर गर्भवतीहरुलाई नुन बितरण गरेको जानकारी गराए । केही कंपनीहरुले बाँडेको नुनमा आयोडिन नभएको भेटिएपछि आयोडिन युक्त नुन प्रयोग गर्न सुझाव दिएको समेत बताए । भेटिएका नुनमा आयोडिन नभएको प्ररिक्षण गरेर पनि देखाइएको थियो । साथै आयोडिनको कमीले हुने समस्या बारेपनि उनले जानकारी गराएका थिए । आयोडिन नभएको नुन विक्री गर्ने र आयोडिन भएको प्रयोग नगर भन्ने भ्रम फैलाएको भए कारवाही गर्न सकिने समेत तिवारीले जानकारी गराए । त्यसका लागि प्रमुख जिल्ला अधिकारी समेत अनुगमनमा गएको उनले बताएका थिए । अघिल्लो साता कर्पोरेसनले ताराखोला र पाण्डवखानीमा पुगेर पनि आयोडिन नुन वितरण, जनचेतना अभियान संचालन गरेको जानकारी गराए । जिल्लाभर करोडौं रकम खर्च
गरेर बर्षेनि यो रोगको औषधि खुवाईंदै आएको छ ।