म्याग्दी, ११ फागुन– जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले जापानमा रहेका एक म्याग्देलीले ५२ हजार आर्थिक सहयोग गरेका छन् । म्याग्दी जिल्लामा आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सक्रिय कोषले जापानमा रहेका म्याग्देलीबाट आर्थिक संकलन अभियानमा बेनी नगरपालिका ९ घतान काउलेगौडा स्थायी घर भई हाल जापानमा रहेका गणेश श्रेष्ठले ५० हजार सहयोग गरेका छन् ।
पारिवारिक र ब्यक्तिगत खर्चमा जापानमा पुगेका कोषका अध्यक्ष राजेश शाक्यलाई आर्थिक सहयोग हस्तान्तरण गदै मोना कतारका पूर्व अध्यक्ष एवम् मोना जापानका सल्लाहकार समेत रहेका श्रेष्ठले ओमकुमारी शान्ति कोष म्याग्देली जनताका लागि बरदान सावित भएको बताए । ‘म्याग्दीमा आर्थिक अभावका कारण मृत्युबरण गर्नुपदैन भन्ने सन्देश फैलाउन सफल भएको छ । यहाँ रहेका म्याग्देलीलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न अपिल गर्दछु’ श्रेष्ठले भने । कोषका आजिवन सदस्य एवम् मोना कतारको अध्यक्षका रुपमा समेत पहिलोपटक कतारमा आर्थिक संकलन अभियानको सुरुवात समेत गरेका श्रेष्ठको पहलमा मोना कतारले संस्थापक सदस्यता समेत लिएको छ । करिव एक सातासम्म जापानमा रहेका म्याग्देलीको पहलमा त्यहाँ रहेका नेपालीबाट आर्थिक सहयोग जुटाउने कोषका अध्यक्ष राजेश शाक्यले बताए । ‘सबैतिरबाट सहयोगको प्रतिबद्धता जनाइएको छ ।
सहयोगलाई जिल्लामा उपचारमा आर्थिक समस्या भएका गरिव तथा विपन्नको हितमा खर्च गर्नेछौ’ शाक्यले भने । उनले हालसम्म कोषमार्फत उपचार भइरहेका विरामीको नाममा समेत सहयोग दिन सकिने बताए । जापानमा रहेका म्याग्देलीले समेत विभिन्न स्थानमा कार्यक्रम गरी सहयोगको प्रतिबद्धता जनाएको कोषले जनाएको छ । बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको संस्थाले अहिलेसम्म ५४ जनाको उपचारमा सहयोग गरेको छ ।
कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । जिल्लाको एकमात्रै परोपकारी संस्थाको रुपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ । गरिव तथा विपन्नबर्गको उपचारका साथै भुकम्प, बाढीपहिरो पिडितलाई समेत आर्थिक गर्ने गरेको छ । १ करोड ५० लाखको अक्षय कोषको स्थापना गरी विपन्नको उपचारलाई थप प्रभावकारी बनाउने गरी यसअगाडी कतार, बहराईनमा समेत आर्थिक संकलन गरिएको छ । । संस्थाको विधानमा ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक घोषणा गर्ने प्रावधान रहेको छ ।