मंगलबार बिहान आठ बजेको समयमा बागलुङ बजार एकाएक आतंकित बन्यो । कारण थियो पुरानो बसपार्कमा भेटिएको बम जस्तो शंकास्पद बस्तु । बम लेखेर गाडीको स्वरुमको अगाडि राखिएको बस्तु बम भएको आशंकामा स्थानियले प्रहरीलाई खवर गरे । प्रहरीले जब शंकास्पद बस्तुलाई पहरा दियो बजार थप सशंकित र त्रसित बन्न पुग्यो । शंकास्पद बस्तु बम थियो वा अरु कुनै बस्तु त्यो कुरा प्रहरीले प्रष्ट पारेको छैन् । नेपाली सेना लगाएर निस्कृय पारिएको उक्त बस्तु बम हो या हैन भनेर प्रहरीले प्रष्ट पार्न सक्नु पर्दथ्यो त्यो गरेन् । हुन त बम हो भनेर सार्वजनिक गर्दा सर्वसाधारणमा झन् त्रासको वातावण सिर्जना हुने भएकाले त्यो कुरा गोप्य राखिएको पनि हुन सक्छ । अर्कोतर्फ ठुलो दलबल लगाएर सेनाले निस्कृय पारेको बस्तु सामान्य बस्तु भए सेनाको क्षमतामाथि प्रश्न उठ्ने डरले त्यो बिषयलाई गोप्य राखिएको हुन सक्छ । जे भएपनि सुरक्षाकर्मीको सक्रियताले अप्रिय घटना घट्नु अघि परिस्थितीलाई सामान्य बनाईयो त्यो सकारात्मक कुरा हो ।
बागलुङ बजारको ब्यस्त चोकमा बम जस्तो बस्तु फेला पर्नु कुनै संयोग मात्रै थिएन । देशमा क्रियाशिल एउटा राजनीतिक दलले आफ्ना नेता कार्यर्तालाई पक्राउ गरेको बिरोध गर्दै नेपाल बन्दको घोषणा गरेको थियो । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले गरेको बन्द सफल बनाउनका लागि त्यो बम नै प्रयोग भएको पनि हुन सक्छ । किनभने बम जस्तो बस्तु देखीएको क्षेत्र सवारी सधानको आवतजावतका हिसाबले निकै महत्वपुर्ण ठाउँमा थियो । बन्दको हल्ला चलेकाले लामो दुरीका सावरी साधन यसै चलेका थिएनन् तर छोटो दुरीका सवारी साधान चल्ने आशंकामा बन्दकर्ताहरुले त्यो संभावनालाई निसाना बनाएको जस्तो घटनाबाट प्रष्ट भएको छ । बम रहेको स्थान र छोटो दुरीका सवारी साधनको टिकट काउन्टर तथा रोकिने स्थान एउटै हुनुले यसलाई संयोग मात्रै मान्न सकिन्न ।
नेकपाले आफ्ना नेता कार्यकर्ताको रिहाईको माग राखेर नेपाल बन्दको घोषणा गरेको थियो । केही दिन पहिला पार्टिको युवा संगठनको भेलामा भाग लिन बिराटनगर हिँडेका नेता कार्यकर्ता प्रहरीले पक्राउ गरेको थियो । यदि नेकपा राजनीतिक शक्ति होभने उसले आफ्ना राजनीतिक कार्यक्रम सञ्चालन गर्दा राज्यको दमन किन ? यदि उ राजनीतिक शक्ति होईन र आपराधिक क्रियाकलापमा संलग्न शक्ति होभने किन उसलाई खुलेआम विविध क्रियाकलाप सञ्चालन गर्ने अधिकार दिईएको छ । कुनै राजनीतिक शक्ति माथि दमन गर्नु लोकतन्त्रको उपहास हो तर अपराधिक शक्ति होभने त्यो दमनको रुपमा होईन कार्वाहीको रुपमा अगाडि जानु जरुरी छ । बेला–बेलामा हुने बन्द हड्ताल र बन्द हड्तालका बेला घट्ने बमबारुदका काण्डहरुबाट आम नेपाली आजित बनेका छन् । नेकपा र उ जस्ता संगठनहरुको बिषयमा राजयले स्पष्ट धाराणा बनाओस् । देश अहिले समृद्विको बाटोतर्फ अग्रसर छ । देशमा शान्ति, अमनचैन कायम गर्न र आम सर्वसाधारणलाई सुरक्षित राख्नको लागि उनीहरुलाई राज्य रहेको अनुभुत गराउनका लागि सबैले आ–आफ्नो तर्फबाट भएको गल्तीको महसुस गर्दै आगामी दिनका व्यवहारहर सुधार गरेर जानु आवस्यक छ ।
Previous Article२०७४ फागुन ९ गते बुधबार राशिफल
Next Article ‘शुन्य शक्ति’ले गरायो जमिन हरियाली