बागलुङ, ८ फागुन–बागलुङ नगरपालिका २ पुरानो बसपार्क नजिक विहान भेटिएको बम नेपाली सेनाले निष्कृय (डिस्पोज)गरेको छ । नेपाल कम्युनिष्ट पार्टी बिप्लबले आव्हान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा बम राखिएको अनुमान गरिएको छ । पुरानो बसपार्क नजिक रहेको होण्डा र महेन्द्रा गाडीको स्वरुम अगाडी भेटिएको उक्त बम नेपाली सेनाको अर्जुनबाण गणले डिस्पोज (निष्कृय) गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्दको आब्हन गरिरहेको समयमा बन्दलाई प्रभावकारी बनाउँनको लागि बम राखिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए । बागलुङ बजारको धौलागिरी चोकमा हिजो राति पनि विष्फोटको ठूलो आवाज सुनिएको स्थानीयले बताएका छन् ।
Previous Article८ फागुन २०७४, ढोरपाटन दैनिक
Next Article राष्ट्रियसभामा राष्ट्रपतिद्वारा तीन सदस्य मनोनित