बागलुङ, ८ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीन जनालाई मनोनित गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ)लाई मंगलबार मनोनयन गरेको राष्ट्रपतिको कार्यालय शीतल निवासका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो (शेरबहादुर देउवा) सरकारले गरेको सिफारिस (कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशी) फिर्ता लिई नयाँ नाम पठाएको थियो। देउवा सरकारले पठाएका नाम अध्ययन गर्न बाँकी रहेको भन्दै थन्क्याएकी राष्ट्रपति भण्डारीले ओलीको मन्त्रिपरिषदले पठाएका नाम ४ घण्टामै स्वीकृत गर्दै राष्ट्रियसभामा मनोनित गरेकी हुन्।
Previous Articleबागलुङमा भेटीएको बम सेनाद्धारा निकृय
Next Article गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए