ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन ८ मंगलबारपञ्चमी, २० फेब्रुवरी २०१७
तपाईको आज
मेष– मान सम्मान प्राप्त हुने, मनमा भने असन्तोष नै हुने, लेन देनमा नोक्सानी ।
बृषः सामाजिक स्थानमा खलल आउने, नयाँ कार्यक्षेत्रको लगानिले फाईदा दिने ।
मिथुनः शुभ समाचार सुन्न पाईने, खर्चका बाटाहरु लम्बीएर जाने, स्वास्थ्य अनुकुल रहने ।
कर्कटः कार्य सिद्धिका लागि कडा मेहनत गर्नु पर्ने, प्रियजन सँग रमाईलो भेटघाट हुने ।
सिंहः आशा गरेको ठाउँबाट काम नबन्ने, सोचेका कार्यमा बिघ्नबाधा आईपर्ने ।
कन्याः बादबिबादबाट टाढै रहेको श्रेयकर हुने, व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
तुलाः पारिवारीक साथ सहयोग राम्रो प्राप्त हुने, स्वास्थयमा नकरात्मक परिवर्तन देखा पर्ने ।
वृश्चिकः यत्र तत्र येश किर्ती फैलिने, मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
धनुः घरबाहिरको बसाई प्रायः कष्टप्रद् रहने, प्रतिष्पर्धामा भने उत्कृष्ठता प्रदर्शन गरिने ।
मकरः चिन्ता बढ्ने खवर सुन्नु पर्ने, मनमा अशान्तिले डेरा जमाउने, शत्रु परास्त हुने ।
कुम्भः मनमा प्रसन्नता छाउने, स्वजन सँगै बादबिबाद पर्ने, सन्तानमा मन चन्चल हुने ।
मिनः आर्थिक कारोबारमा क्षति सहनु पर्ने, आरोग्यतामा थप बृद्धि आउने ।
Previous Articleखानेपानीको सहज व्यवस्था गर
Next Article बागलुङमा प्रजातन्त्र दिवस मनाईयो