बागलुङ, ७ फागुन– निसीखोला गाउँपालिका–३ झिवाखोलामा सुरु भएको तीन दिने निशुल्क आँखा तथा पाठेघरको समस्या भएका बिरामीहरुका लागि सञ्चालित तीन दिने शिविरमा ११ सय ६५ जनाले सेवा लिएका छन् । गत बिहिबारदेखि सञ्चालित सिविरमा आँखातर्फ ५ सय ६५ जनाले चेकजाँच गराएका छन् । जसमध्ये ५६ जनाको आँखाको अप्रेशन गरिएको छ । आँखाको अप्रेशनमा ५६ बर्षीय गोपाल बिकको दुबै आँखाको अप्रेशन सफल भएको छ । जन्मेको ५ बर्षदेखि आँखा देख्न नपाएका उनको दुई दिन गरी दुबै आँखाको अप्रेशन गरेसंगै दुबै आँखाले देख्न पाएपछि उनी भगवानलाई पुकार्दै सबैसंग खुसी साटेका छन् । निसीखोला गाँउपालिका–१ हुल्दिका बिक आर्थिक अभाब र परिवारको कम चासोका कारण उपचारबाट बञ्चित भएका थिए ।
त्यस्तै अन्यमा अधिकांशलाई आँखाको अवस्था अनुसार निशुल्क औषधी र चस्मा उपलब्ध गराईएको छ । त्यसैगरी महिलाहरुको पाठेघर गाईनो उपचारका लागि ६ सय जनाको चेकजाँच गरिएको छ । जसमा ४० जनाको पाठेघरमा रिङ राखिएको छ । २० जनालाई सिविरमा उपचार सम्भव नभएपछि थप उपचारका निम्ती अन्य ठुला अस्पतालमा जान आग्रह गरिएको छ । त्यस्तै अन्यको पाठेघरको चेकजाँचसंगै सफाई र औषधि उपलब्ध गराईएको हो । चेकजाँचको क्रममा नाम दर्ता गराका तर समस्या नदेखिएका ब्यक्तीहरुलाई कुनै औषधी नदिई फिर्ता गरिएको छ । शिविरबाट धेरै जटिल समस्याबाट ग्रसित बिरामीहरुले समेत सेवा लिन पाउदा खुसी ब्यक्त गरेका छन् । शिविरलाई शान्ति र विकास संस्था काठमान्डौको आयोजना, भिजन २०२० काठमान्डौको प्राबिधिक सहयोग, ह्यानसफर नेपालको सम्योजनमा सञ्चालनमा ल्याईएको थियो ।
Previous Articleहड्डी बलियो बनाउने पाँच सूत्र
Next Article अल्लो प्रशोधनमा आधुनिक प्रविधि