बागलुङ, ६ फागुन– नेपाल पत्रकार महासंघ बागलुङ शाखाको दशौं साधारणसभा आगामी बैशाखमा हुने भएको छ । शाखाको शनिवार जिल्ला अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले आगामी बैशाख (मे ३ मा मनाइने बिश्व प्रेस स्वतन्त्रता) दिवसका अवसर पारेर साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । पत्रकार महासंघको निर्माणाधिन भवनमा कार्यालय सार्ने र महासंघको साधारणसभा एकै सन्दर्भ पारेर आयोजना गर्ने निर्णय भएको पत्रकार महासंघ बागलुङका सचिव राम थापा ‘अबिरल’ले जानकारी दिए । अधिवेशन सम्पन्न भएको एक बर्ष पुरा भएको जानकारी दिदै उनले शाखाको साधारणसभा तिन बर्षमा एक पटक गर्ने परिपाटी अनुसार बैशाखमा महासंघ भवन निर्माणको सुखद सन्देश सहित साधारण गर्न लागेको बताए ।
शाखा बैठकले भवन निर्माणका लागि सञ्चालित ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानका क्रममा भएको हाल सम्मको आर्थिक तथा भौतिक प्रगति सन्तोषजनक भएको निष्कर्ष सहित अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको बताइएको छ । बैठकमा जिल्ला कोषाध्यक्ष बिजय राना मगरले १ करोड ३० लाखको लागतमा निर्माण हुने भवनका लागि हाल सम्म ६० लाख भन्दा बढी रकम संकलन भएको जानकारी दिए । जिल्लामा श्रमजिवी पत्रकार ऐन कार्यन्वयन प्रभावकारी नभएको गुनासोलाई ध्यानमा राख्दै यसको प्रभावकारी कार्यन्वयन, मिडियाको सवलिकरणका लागि स्थानीय तहका प्रमुख, सञ्चार अधिकारी, सञ्चार माध्यमका प्रमुख र पत्रकारहरु बिच सामुहिक अन्र्तक्रिया गर्ने निर्णय भएको शाखाले जनाएको छ । बैठकले पत्रकार महासंघको नयाँ सदस्यता बितरणका लागि योग्यता पुगेका उम्मेदवारलाई आवश्यक कागजात सहित आगामी फागुन २० गते सम्ममा महासंघ बागलुङ कार्यालयमा दरखास्त पेश गर्न आव्हान गर्ने निर्णय समेत गरेको सचिव थापाले बताए ।
यसका साथै जिल्लाका १० वटै स्थानीय तहमा स्थानीय स्तरको आवश्यकता अनुसार आधारभूत तथा बिषयगत पत्रकारिता तालिम आयोजना गर्न नपा÷गाउँपालिकासँग समन्वय गर्ने निर्णय भएको उनले बताए ।
Previous Articleलुम्बिनी–ढोरपाटन ट्रयाक विवादमा
Next Article मर्यादित न्यायपालिकाको अपेक्षा – प्रधानमन्त्री