बागलुङ, ६ फागुन– बागलुङ उद्योग बाणिज्य संघको ५४ औ बार्षिक साधारणसभा शनिबार बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका सभापति राजेन्द्र ढुंगानाले व्यवसायीहरुको हक हित सुनिश्चित गर्नका लागि संघले प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले कार्यपत्र प्रस्तुत गर्दै बागलुङ जिल्लालाई प्रमुख ब्यापारीक केन्द्र बनाउन संघले प्रभाबकारी भुमिका खेल्दै आएको भन्दै बागलुङको बलेवा हवाई मैदानलाई संचालनमा ल्याउन सके अझ बढी जिल्लाले फाइदा लिन सक्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, प्रदेश उद्योग बाणिज्य संघका कोषाध्यक्ष बलराम ढकाल, नेपाली काङ्ग्रेसका सचिव नबराज पौडेल, नेकपा एमालेका कार्यबाहक अध्यक्ष कृष्ण पाठक, राष्ट्रिय जनमोर्चाका सचिब धर्मबहादुर कुबर, सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, म्याग्दी उद्योग बाणिज्य संघका बेदबहादुर कटुवालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा बागलुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटा, बागलुङ उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका निर्बतमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, सर्बसिद्धिधाम पन्चकोटका अध्यक्ष नगेन्द्र शर्मा, महिला उद्घमी बिकास समितिका अध्यक्ष भगवती केसीले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा धवलागिरि बहुमुखी क्याम्पस ब्यबस्थापन संकायतर्फ सर्बोकृष्ट अंक ल्याउन सफल बानपा–५ मालिकाका पार्बती पाठकलाई ५ हजार रुपैँयाँ एवं प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । यस्तै संघलाई १ बर्षसम्म आर्थिक सहयोग गर्ने ब्यबसायीहरू धौलागिरी ग्रिल उद्योगका संचालक स्वदेश कुमार श्रेष्ठ, सर्बसिद्धी सप्लार्यसका गिताराम पौडेल, कुशल हार्डवयर अजित श्रेष्ठ, कालिका फ्रेस हाउसका सम्भु पौडेल, न्यु नारायण स्टोर्सका नारायण प्रसाद शर्मा, धौलागिरि डिस्ट्रब्युटर्सका बिष्णु प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । सो अवसरमा पत्रकार महासंघको भवन निर्माणका लागि व्यवसायीहरुको तर्फवाट स्वतस्फुर्त रुपमा संकलित १ लाख ६८ हजार २ सय ३८ रुपैयाँको चेक महासंघका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरिएको थियो ।कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता र महासचिव दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Article२०७४ फागुन ६ गते आईतबार राशिफल
Next Article माओवादी संसदीय दलको नेतामा प्रचण्ड