काठमाडौं, ५ फागुन – आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै विश्वकप छनोट चरणमा पुग्न सफल नेपाली टोली शनिबार साँझ स्वदेश फर्किएको छ। नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे। राष्ट्रिय भन्डा बाेकेका सयाैं क्रिकेटप्रेमीले विमानस्थल पुगेर टाेलीकाे स्वागत गरेका थिए।
विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आगामी खेलहरु नेपालका लागि झनै चुनौती बन्दै गएकाले नेपाली क्रिकेटको विवाद छिटाे समाधान गरी आगामी दिनमा आइपर्ने चुनौतीको सामना गर्न नेपाल तयार रहनुपर्ने बताए।
नेपालले अबको १५ दिनपछि नै विश्वकप छनोट प्रतियोगिता खेल्दैछ। आइसिसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बाब्वेसँग मार्च ४ मा, स्कटल्याण्डसँग मार्च ८ मा, अफगानिस्तानसँग मार्च १० र हङ्कङसँग मार्च १२ मा खेल्नेछ । नेपालले विश्वकप छनोट पक्का गर्न यसअघि दुईपटक विश्वकप जितिसकेको वेस्ट इन्डिजसहित टेस्ट मान्यता प्राप्त र एसोसिएटमै उच्चस्तरको प्रतियोगिता खेलिसकेको टोलीविरुद्ध खैल्दैछ। आगामी फागुन २० गतेदेखि जिम्बाब्वेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा यो प्रतियोगिताभन्दा झनै सुधारिएको प्रदर्शन गर्ने उनको भनाइ छ।
आइसिसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बाब्वेसँग मार्च ४ मा, स्कटल्याण्डसँग मार्च ८ मा, अफगानिस्तानसँग मार्च १० र हङ्कङसँग मार्च १२ मा खेल्नेछ। १० टोलीबीच २१ दिनसम्म चल्ने प्रतियोगिताबाट फाइनलमा पुग्ने दुई टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि छनोट हुनेछन्।
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, एयरपाेर्टमा स्वागत
Previous Articleमहिलालार्इ समक्ष बनाउन कार्ययोजना – मन्त्री थममाया थापा
Next Article एमाले माओवादी पार्टी एकता वार्ता ‘अप डाउन’