बागलुङ, ४ फागुन– पुर्व उर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले व्यवहारिक शिक्षाबाट विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्नुपर्ने बताएका छन् । कोरोना एकेडेमी बानपा–४ कुँडुले बागलुङको नवौँ बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा बोल्दै उनले निजी विद्यालय र सरकारी विद्यालयहरु बिच सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए ।
शर्माले हरेक विद्यालयहरुले अवसरको प्रयोग एवं चुनौतीहरुको सामना गर्दै अगाडी बढ्नुपर्ने भन्दै शिक्षा क्षेत्रलाई फराकिलो बनाएर राज्यले लगानी गर्नुपर्नेमा जोड दिए । हरेक शिक्षक, विद्यार्थी, अभिभावकहरु एकजुट भएर शैक्षिक क्षेत्रको गुणस्तर सुधारमा लाग्नुपर्ने समेत उनले बताए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल चित्रबहादुर घर्ती, स्थानीयबासी नारायण सापकोटा, विद्यालयका सञ्चालक भुपाल चालिसे, अभिभावक रिता शर्मा लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
फागुन २ गतेबाट सञ्चालित बार्षिकोत्सव कार्यक्रममा विविध खेलकुद तथा सांस्कृति कार्यक्रमहरु सम्पन्न भएको विद्यालयले जनाएको छ । विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोकेन्द्र थापाको अध्यक्षता, विद्यार्थी रोशनी आचार्यको स्वागत र शिक्षक भवी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती देखाएका थिए ।
Previous Article४ फागुन २०७४, ढोरपाटन दैनिक
Next Article म्याग्दीका उद्यमीले बनाए सुविधा केन्द्र