पोखरा, ४ फागुन – शुक्रबार बिहान आयोजित एका कार्यक्रममा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सपथ लिएका छन् । उनलाई प्रदेश ४ का प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन् । प्रदेश ४ का एमाले संसदीय दलका नेता गुरुङ गत माघ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री गुरुङले बुधबार नै शपथ ग्रहण गर्ने कार्यक्रम थियो । तर काकी रतनकुमारी गुरुङको मंगलबार निधन भएपछि उनले आज शपथ लिएका हुन् ।
Previous Articleपाँच महिना बित्यो एक्स–रे मेशिन चलेन
Next Article ३ फागुन २०७४, ढोरपाटन दैनिक