राजु क्षेत्री ‘सिजन’
नेपाल कम्ष्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने चर्चा चलेसँगै छिमेरी राष्ट्र भारत र चिनमा एक किसिमको तरंग पैदा भएको छ । भारत अस्थिर सरकार र प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनोस् भन्ने चाहन्छ भने चीन नेकपा एमाले नेतृत्वको स्थायी सरकार होस् भन्ने चाहन्छ । दुवै तहका निर्वाचनमा एउटै घोषणा–पत्र बनाएर देशमा आर्थिक क्रान्ति र स्थायी सरकारको नारा लिएर प्रादेशिक तथा प्रतिनिधि सभाको निर्वाचनमा संगै होमिएका यी दुई पार्टी दुवै चरणको निर्वाचनमा एका–दुई स्थानमा आप्mनै गुटबन्दी र स्वार्थ पुर्तीलेबाहेक अन्य ठाउँमा राम्रो सिट ल्याएर देशैभरि वाम गठबन्धनलाई जनताले राम्रोसँग अनुमोदन गरेर पठाएका छन् । आम जनताले देशैभरिबाट दिएको जनमतले पनि मुलुक बाम एकता र बाम सरकाको पक्षमा रहेको प्रष्ट छ । बलियो र स्थिर सरकार, राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धिको नारालाई जनताले समर्थन गरिसकेकाले पनि तत्काल एकता प्रक्रिया र बाम सरकार निर्माण प्रक्रियाबाट कोही दल तथा नेता भाग्नु भनेको जनताको लागि राजनीतिक गरेको नभई स्वार्थ पूर्तिको लागि गरेको प्रष्ट सावित हुनेछ ।
तर पार्टी एकता गर्न त्यति सजिलौ चाँहि छैन । जसरी बाहिर चोक र चिया पसलमा चिया गफ हुन्छ । एउटा परिवार मिलाएर सबैको चित्त बुझाएर राख्न त गाह््रो पर्छ, यो त झन् देशव्यापी रुपमा तल कार्यकर्तादेखि पार्टीका भातृ संगठनहुँदै केन्द्रसम्मको पद बाडफाँड गर्न ‘खिर पकाए’ जस्तो सजिलो पक्कै छैन । सबैभन्दा ठूलो गाँठो पार्टी अध्यक्षमा परेको छ । दुवै पार्टी देशका प्रमुख दुई ठूला पार्टी त्यसमा पनि झापा विद्रोहसँगै संसदीय व्यवस्थामा आएको नेकपा एमालेको लामो इतिहास छ । जनताको नाममा पञ्चायतविरुद्ध लडेर १४ वर्षसम्म जेल जिवन बिताएका अहिलेका राष्ट्र नायक नेता खड्कप्रसाद ओलीले त्यति सजिलै एकीकृत पार्टीको अध्यक्ष प्रचण्डलाई दिने पक्षमा देखिदैनन् । उता माओवादी केन्द्र पनि १० वर्षे लामो जनयुद्ध गरेर बन्दुकबाट नै सत्ता पल्टाउन खोजेको पार्टीले पार्टी एकताको लागि प्रधानमन्त्रि वा पार्टीको कार्यकारी अध्यक्ष नभई पार्टी एकीकरण नगर्ने भनिसकेको छ । अहिले यी दुई नेतृत्व बीच नै एकले अर्कालाई गलाउने रणनीतीमा छन् । एमालेका केही नेताहरुले भने बाम गठबन्धनलाई आएको मत परिणाम गठबन्धनलाई भन्दा केपी ओलीले नाकाबन्दीको खुलेर विरोध गर्नु, दक्षिणी राष्ट्र चीनसँग निकट हुनु र भावी प्रधामन्त्रिको रुपमा आक्रामक प्रचारित गरेको कारणले सो परिणाम आएकोले प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीले राख्नुपर्ने धारण धेरैको छ । यद्यपी पार्टी एकता गरी छाड्ने भनेर दुवै तर्फका नेताहरुले भनिसकेका छन् । कतिपय दुवै दलका दोश्रो तहका वरिष्ठ नेताहरु भने आप्mनो भाग खोसिन्छ कि भन्ने डरले पार्टी एकता प्रक्रियामा केहि उदासिन देखिएका छन् । कार्यकर्ता तहमा एकताको भावना निर्वाचन अगाडि नै देखिएको थियो र अहिले पनि पार्टी नेतृत्वलाई दबाव दिई पार्टी एकिकरण गरि छाड्ने भनेर भनिसकेका छन् । नेतृत्व तहले सानो–सानो कुरामा किचलो निकाली पार्टी एकिकरण प्रक्रियामा भाँजो नहाली जनताको मनोभावना बुझेर पार्टी एकिकरण गरी देशलाई राजनीतिक निकास दिनु नै अहिलेको उपयुक्त समय हो । पार्टी एकता भन्ने वित्तिकै कुन सैद्धान्तिक आधारमा उभिएर गर्ने भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ । अझ कम्युनिष्ट पार्टीको एकताको प्रसंगमा सैद्धान्तिक विषय झन् महत्वपूर्ण विषय हो । झण्डै ५ दशक पहिला एकै ठाउँमा भएपनि त्यसपछिका माओवादी र एमालेको यात्रा र सैद्धान्तिक आधार अहिले निक्कै फरक छन् । पार्टी एकताको दौरानमा दुई दल बीच रहेका सैद्वान्तिक मतभेद, संगठनात्मक भिन्नता र नेतृत्वको व्यवस्थापन सबैभन्दा जटिल पाटो देखिएको छ । नेपालको सन्दर्भमा पार्टी एकतापछि सबैभन्दा आकर्षक पाटो कार्यकर्ता डो¥याउने र जनतालाई बेच्ने नारा भनेकै सैद्धान्तिक पाटो नै हो । पार्टी एकिकरण भएपछि सबैलाई समेट्ने खालको नारा र एजेण्डा भएनभने भविष्यमा पार्टी दिशाबिहिन भई अनियन्त्रित हुन सक्छ । एजेण्डा बिनाको पार्टी “मियो नभएको दाँई” जस्तै हुन्छ । पार्टी एकता पछिको सिद्धान्तमा एमालेले जननेता मदन भन्डारीद्धारा प्रतिपादित जनताको बहुदलिय जनवाद नै राख्नुपर्छ भनेर भनेको छभने माओवादी केन्द्रले आफूले माओवाद त्यागेको कारण एमालेले पनि आफ्नो अडान छाड्नु पर्छ भन्ने अडान राखेको छ । यसरी दुई पार्टीले आफ्नो अडानबाट पछि नहटेमा पार्टी एकीकरण हुन गाह्रो छ । दुवै पार्टीले अहिले अंगालेको सिद्धान्तलाई केहि परिमार्जन गरी २१ औं शताब्दीको नेपाललाई सुहाउने एजेण्डा अंगाली देशलाई निकास दिन जरुरी छ । पार्टी एकिरण पश्चात भने कार्यदिशा बदल्नु पर्दछ । हिजो पार्टीका भातृ संगठन जनतालाई आन्दोलित गर्न, संगठिक गर्न र व्यवस्थाविरुद्ध लड्नका लागि बनाएका थिए । अव त्यहि जगमा टेकेर देशलाई सुदृढ गर्ने संकल्प यिनीहरुले गर्नुपर्छ ।
बाम गठबन्धनले निर्वाचन अगाबै सरकार सञ्चालन सम्बन्धि मोटामोटी सहमति जनाएकाले प्रदेश तथा केन्द्र सरकार गठनमा त्यति अप्ठारो नपर्ने देखिन्छ । बाम गठबन्धनको सरकार बन्ने प्रदेश तथा केन्द्रमा ७०÷३० को अनुपातमा मन्त्रीहरु सहभागी हुनेछन् । ६ वटा प्रदेशमध्ये एमाले १, ३, ४ र ५ माओवादी केन्द्र ६ र ७ रहेका छन्भने केन्द्रमा पनि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ । अन्य मन्त्रीहरुमा माओवादी केन्द्रबाट १० र एमालेबाट १५ रहने छन् । गठबन्धनमा मधेसवादी दल सहभागी भएमा केही मन्त्रालय तलमाथि हुने छन् । यसपटक बाम गठबन्धनले इतिहास रच्ने अवसर पाएको छ । जनादेशले दिएको भोटको सहि सदुपयोग गर्न सके स्थानिय तहदेखि केन्द्रसम्म बाम गठबन्धनको सरकार बन्ने निश्चित छ । देश संघिय संरचनामा गएपछिको पहिलो खुड्किलो कार्यान्वयनको चरणमा रहेको यो सरकारले इतिहास बदल्ने समय हो यो । यसैलाई अवसरको रुपमा बुझेर पार्टी एकता नभएर नेता मौलाउन लागे भने घृणित कामबाहेक केहि हुने छैन । योभन्दा ठूलो दुर्घटना नेपालको कम्युनिष्ट आन्दोलनमा अर्को केहि हुने छैन । पाएको यो अवसर गुमाउँदा उठ्नको लागि निकै मिहिनेत गर्नुपर्ने हुन्छ । सधैँ काँग्रेसलाई दोस लगाएर उम्कने कम्युनिष्ट पार्टीहरुले अहिले यो स्वर्णीम अवसरमा देशमा विद्यमान राजनीतिक संकट र खुम्चिएको स्वाभिमानलाई चिर्दै देशलाई निकास दिन सकेमा मात्र अहिलेको बाम गठबन्धनको सार्थकता र सरकालाई जनता स्यावास दिने छन् र अर्को पटक अनुमोदन गर्ने छन् र इतिहासमा नाम लेखिने छ ।
Previous Articleताराखोलामा टेलिकमको सेवा विस्तार
Next Article स्वरोजगार बनौंस्वरोजगार बनौं