बागलुङ, ३ फागुन– विद्यामन्दिर माध्यामिक विद्यालय बागलुङको ५५ औँ बार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले शैक्षिक क्षेत्रको सुधारका लागि दक्ष शिक्षक उत्पादन गर्नुपर्ने बताएका छन् । कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ का संयोजक डिल्लीराज गौतमले प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ आचार्यले विद्यालयको समग्र प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा लक्ष्मणकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य बाबुलाल शाक्य, कृष्णराज शर्मा, कुलबहादुर बिक, बाबु डियर हमाल, बानपा १० का वडा अध्यक्ष गणेश थापा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
Previous Articleफोनिज बागलुङको अध्यक्षमा संगम घर्ती चयन
Next Article ताराखोलामा टेलिकमको सेवा विस्तार