टोकियो, १ फागुन – बागलुङ समाज जापानको दोश्रो अधिवेशनबाट सिद्धार्थ श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन भएको छ । समितिको उपाध्यक्षहरुमा प्रेम प्रसाद कडेल, प्रेम आचार्य, महेन्द्र पिसी, महासचिब कृष्ण सुबेदी, सचिबमा बिरोध चालिसे, राजु केसी र कोषाध्यक्ष यमकान्त कडेल,सह-कोषाध्यक्ष शोभा केसी गिता चयन भएका छन । समितिको सदस्यहरुमा बिना खड्का, दिपक रेग्मी, बसन्त बियोगी, चेतन पौडेल, सुनिता श्रीष, लक्ष्मी केसी, कृष्ण शर्मा, खगराज सापकोटा, गोबिन्द खड्का, शंकर सापकोटा रहेका छन् |
संस्थाका अध्यक्ष राजबिन थापाको सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अथिति साम्सद डाक्टर सुर्य पाठक ,बिशेष अथिती नेपाल सरकार का उपसचिब ठाकुर कंडेल, एनआरएन आईसिसी सदस्य ओम गुरूङ, महेश श्रेष्ठ, अथिती एनआरएन जापानका उपाध्यक्ष देबिलाल भन्डारी, प्रवासी नेपाली मंचका अध्यक्ष महेन्द्र श्रेष्ठ, जनसम्पर्क समिती उपाध्यक्ष नवराज थापा अन्तराष्ट्रीय नेपाली समाज जापानका अध्यक्ष पदम ठकुन्ना, कानागावा कम्यूनिटीका अध्यक्ष हरि सापकोटा, गुल्मी समाज जापानका अध्यक्ष सालिकराम भन्डारी ,गल्कोट समाजका अध्यक्ष नर बहादुर थापा, बिहुकोट समाज जापान का अध्यक्ष देबिलाल सुबेदी र सल्लाहकार दिलु खत्री, दिपक सुबेदी, डिपी कंडेलले शुभकामना मन्तब्य राखेका थिए ।
निर्वाचन कमिटी संयोजकमा बेलु थापा, सदस्यमा दिपक कंडेल र दिप पाठक चयन गरिएको थियो | कार्यक्रममा समाजबाट संसद पाठकलाइ सम्मान पनि गरिएको थियो | कार्यक्रममा सभापति थापाले नेपालमा सामाजिक क्षेत्रमा उल्लेखीय भूमिका निभाउने एकजना व्यक्तिलाई ‘ वर्ष व्यक्ति नेपाल ‘पुरष्कारबाट पुरष्कृत गर्ने र यो बर्षको वर्ष व्यक्ति पुरषकारबाट धुर्मुशसुन्तलीलाई पुरस्कृत गर्ने घोषणा गरेका थिए । उक्त पुरस्कारको राशी ५० हजार देखि माथि हुनेछ |
अधिबेशनको सभापतित्व समाजका अध्यक्ष राजबिन थापाले र स्वागत समाजका कोषाध्क्ष सिद्दार्थ श्रेष्ठले राराखेको थिए । बन्दसत्रको उदघाटन समाजका सल्लाहकार बेलु थापाबाट गरिएको थियो भने संचालन महासचिब कृष्ण सुबेदीले गरेका थिए ।
Previous Articleकविता: तिमीलाई नलेखेको एउटा प्रेमपत्र
Next Article प्रदेश नं. ४ लाई १४ गाडी, कुन प्रदेशमा कति ?