बेइजिङ, १ फागुन – नेपालमा संघीय संसद् र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा चीनले खुसी प्रकट गरेको छ । सोमबार बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले तीनै तहको चुनाव सम्पन्न भएकामा नेपालको राजनीतिक स्थायित्वका लागि शुभकामनासमेत प्रकट गरेका छन् । ‘अब नेपालमा संक्रमणको अन्त्य हुँदै राजनीतिक स्थायित्व हुनेछ,’ चिनियाँ विदेश मन्त्रालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कङले भने ।
Previous Articleओली र प्रचण्ड दुवै सहअध्यक्ष हुने,आलोपालो प्रधानमन्त्री !
Next Article कक्षा एकदेखि १२ सम्मको नयाँ पाठ्यक्रम आउदै