बागलुङ, २९ माघ – नेकपा एमाले चार नम्बर प्रदेशका संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ चार नम्बर प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। आइतबार एमालेको प्रदेशसभा सांसदीय दलको नेतामा चुनिएका गुरुङलाई सोमबार चार नम्बर प्रदेशका प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्रको समर्थनमा एमालेका पृथ्वीसुब्बा गुरुङले प्रदेशमा बहुमत प्राप्त गरेपछि उनलाई प्रदेश प्रमुख नियुक्त गरिएको हो । एमालेबाट अर्का आकांक्षी किरण गुरुङले पृथ्वीसुब्बालाई समर्थन गरेपछि दलको नेतामा उनी निर्विरोध बनेका थिए।
वाम गठबन्धनका साझा उम्मेदवार गुरुङ प्रदेशसभामा लमजुङ ‘ख’ बाट विजयी भएका थिए। मुख्यमन्त्री गुरुङले बुधबार पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम रहेको छ ।
पृथ्वीसुब्बा गुरुङ ४ नम्बर प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
Previous Articleसन्दीपको शानः एक्लैले झारे केन्याका पाँच विकेट
Next Article कांग्रेसले आयोगमा बुझायो समानुपातिक सांसदको सूची