बागलुङ, २९ माघ – नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फबाट निर्वाचित हुने व्यक्तिहरुको नाम सिफारिस गरेर निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसले बन्द सूचीमा रहेका ४० जनाको नाम सिफारिस गरेको हो। बालुवाटारमा सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले नेताहरुको नाम टुंगो लगाएको हो।
कांग्रेसले आयोगमा बुझाएको सूचीमा बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डेलगायतका केन्द्रीय नेता छन्। सूचीमा उद्योगपति विनोद चौधरी मधेसी कोटाबाट परेका छन्।
यस्तो छ सूचीः
खस/आर्य (पुरुष)
बालकृष्ण खाँड
दिलेन्द्रप्रसाद बडू
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहन पाण्डे
खस/आर्य (महिला)
सुजाता कोइराला
पुष्पा भुसाल
डा डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा
आदिवासी/जनजाति (पुरुष)
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जप्पछिरिङ लामा
दिव्यमणि राजभण्डारी
आदिवासी/जनजाति (महिला)
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा
मधेसी (पुरुष)
विनोद चौधरी
स्मृतिनारायण चौधरी
नगेन्द्रकुमार राय
मधेसी (महिला)
सीतादेवी यादव
चित्रलेखा यादव
मीनाक्षी झा
दलित (पुरुष)
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली
दलित (महिला)
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली
थारू (पुरुष)
पद्मनारायण चौधरी
थारु (महिला)
पार्वता डिसी चौधरी
नमिताकुमारी चौधरी
मुस्लिम (पुरुष)
अतहर कमाल मुसलमान
मुस्लिम (महिला)
सर्वतआरा खान