काठमाडौँ, २९ माघ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई पराजित गरेको छ । नामिबियाको युनाइटेड ग्राउण्डमा आइतबार भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो । युएईले नेपाललाई जितका लागि दिएको ११५ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ६ विकेट खर्चेर पूरा गर्यो ।
नेपालको जितका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ४८ बलको सामना गर्दै २ चौका र ५ छक्काको मद्दतमा ५१ रन बनाएका हुन् । यस्तै आरिफ शेखले १६ रनको योगदान दिँदा आरके पौडेल र सोमपाल कापी क्रमशः १२ र १० रन बनाउँदै नटआउट रहे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक पनि छुन सकेनन् ।
यसअघि नेपालले आज टस जितेपछि फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनाएको थियो । ओसिलो मैदानका कारण ३४ ओभरमा घटाइएको खेलमा युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछानेले तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए ।
Previous Articleप्रदेशका मुख्यमन्त्रीको यस्तो छ काम, सेवासुविधा र मर्यादा
Next Article सरकार गठनअघि एमाले-माओवादी एकताको खाका