बागलुङ, २७ माघ – प्रदेश नम्बर २ को सरकारका लागि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सहमति जुटाएका छन् । शनिबार दुई पार्टीबीच भएको बैठकपछि भएको सहमतिमा फोमरलाई मुख्यमन्त्री परेको छ भने राजपाले सभामुख लिने सहमति भएको छ । त्यसैगरी उपसभामुख भने फोरमको भागमा परेको छ ।
दुई दलले मन्त्रालयको समेत बाँडफाँट गरेका छन् । जसअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय फोरमको भागमा परेको छ ।
फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष महन्थ ठाकुरबीच भएको सहमति अनुसार राजपाको भागमा भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन तथा वन वातावरण मन्त्रालय परेको छ ।
Previous Articleतीस मेगावाटको चमेलिया जलविद्युत् आयोजना उद्घाटन
Next Article प्रदेश नं ४ को सभामुख बन्ने भए पर्वतका नेत्र अधिकारी