बागलुङ, २७ माघ – नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराई र सञ्चारकर्मी निरु त्रिपाठीको स्वर रहेको गीत ‘कोरेर मीठा भावहरु….’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।म्यूजिक भिडियोमा राजन खतिवडा र निरुले नै अभियन गरेका छन्। बीपी वाग्लेको संगीत रहेको गीत निरुले नै लेखेकी हुन्। नविन भट्टले म्यूजिक भिडियोको निर्देशन गरेका छन्।