बागलुङ, २७ माघ– धौलागिरी एकिकृत ग्रामिण बिकास केन्द्रले आफ्नो १५ औं बार्षिक उत्सवको अवसर पारेर शुक्रबार देखी ३ सय ९० घण्टे सिपमुलक तालिम सुरु गरेको छ । युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सिलाईकटाइ तथा प्लम्बर तालिमको सुरु गरीएको हो । पहिलो चरणको तालिम यसअघिनै सम्पन्न गरीसकेको केन्द्रले दोस्रो व्याचको तालिम सुरु गरेको हो । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले युवाहरुलाई सिप सिकाएर स्वरोजगार बनाउन लागेकोमा खुसी ब्यक्त गर्दै नगरपालीकाको तर्फबाट हुने सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
देश भित्रका श्रम बजार र बिदेशमा समेत दक्ष जनशक्तिको अभाजव रहेको भन्दै पौडेलले सिप सिकेर रोजगारीको बाटोमा लाग्न युवाहरुलाई आग्रह गरे । केन्द्रले आयोजना गरेको तालिममा सिलाईकटाई तर्फ ३० जना र प्लम्बर तर्फ २० जनाले सहभागीता जनाएका छन् । बिहानी र दिवा गरी दुईचरणमा कक्षा सञ्चालन गर्ने गरी तालीम सुरु हुन लागेको केन्द्रका अध्यक्ष केबी राना मगरले जानकारी दिए । कार्यक्रममा सिटिईभिटिका प्रतिनिधि लेखनाथ जोसी, बागलुङ नगरखानेपानी संस्थाका सचिव रामबहादुर केसी, बागलुङ उद्योगा बाणिज्य संघका महा–सचिव दयाराम पौडेल, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, वएनजिपिका संस्थापक पल जेडिज लगायतले बोलेका थिए । केन्द्रका अध्यक्ष केबी राना मगरको अध्यक्षता, उपाध्यक्ष शालिकराम शर्माको स्वागत र सदस्य लक्ष्मी बोहोराको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबिच आफ्नो स्थापना दिबसको अवसर पारेर केन्द्रले पत्रकार महासंघ बागलुङको घर निर्माणका लागि दश हजार रुपैयाँ सहयोग गरेको छ । ‘हामि सबैको रहर पत्रकार महासंघको घर’ अभियानमा आफ्नो तर्फबाट पनि सहयोग रहने भन्दै संस्थाका अध्यक्ष रानाले दश हजार रुपैयाँ सहयोग रकम उपलव्ध गराउने घोषणा गरे । कार्यक्रममा पशिक्षर्थि स्थानिय समाजसेवी, पत्रकार लगायतको उपस्थिती थियो ।
Previous Article२०७४ माघ २७ गते शनिवारको राशिफल
Next Article राष्ट्रियसभामा तीन काँग्रेस नेता सिफारिस