पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमार्फत माया प्रेमको जञ्जालमा फस्नेहरुको संख्या बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत प्रेम गरेर जीवन यापनको बाटो तय गर्नेहरुको संख्या बढ्दै गईरहेका बेला कतिपय सफल भएका छन्भने कतिपय सम्बन्ध जीवन समाप्त गर्ने बाटोमा अग्रसर भएका छन् । प्रेम शव्दमा जति भरिलो छ । प्रेमको उचित प्रयोगको अभावमा शव्दको भार सम्हाल्न नसक्नेहरु यसैका कारण मृत्युको सिकार पनि बन्ने गरेका छन् । पछिल्लो समयका केही घटनालाई हेर्ने होभने माया प्रेमको जञ्जालमा फसेर सामाजिक, आर्थिक तथा शारीरिक सम्बन्धका कारण बेमेलको परिस्थिती सिर्जना हुँदा आत्महत्या गर्ने तथा एकले अर्काको हत्या गर्ने क्रमले बढावा पाउन थालेको छ । केही दिन अगाडि मात्रै बागलुङकी एक युवतीको पर्वतका एक युवाले हत्या गरे । प्रेम सम्बन्ध र गर्भ बोकाएपछि विवाह गर्न नसक्ने भन्दै प्रेमीले आफ्नै प्रेमिकाको निर्मम हत्या गरे ।
पछिल्लो अनुसन्धानले पत्ता लगाएको तथ्यअनुसार सामाजिक सञ्जाल फेसबुकमार्फत चिना परिचय भएका उनीहरु प्रेम सम्बन्धहुँदै शारिरिक सम्बन्धसम्म पुगेका थिए । प्रेम र शारीरिक सम्बन्धपछि गर्भवती बनेकी बागलुङको जैमिनी–८ की २२ बर्षिय कमला शर्मालाई पर्वतको बिहादी–२ का २३ बर्षिय प्रदिप पराजुलीले हत्या गरेको प्रहरीले सार्वजनिक गरिसकेको छ । प्रेमको नाममा यौनिक स्वार्थका लागि भएको नाटकलाई एक अर्काले बुझ्न नसक्दा यस्तो घटना भएको कुरालाई कसैले नर्कान सक्दैन । बास्तविक प्रेम भन्दा पनि शारीरिक सम्बन्धका लागि समाजिक सञ्जालको प्रयोग गरेर गरिएको प्रेमको नाटकका कारण आज पनि हाम्रो समुदायमा कयौं कमलाहरुले अनाहकमा ज्यान गुमाएका छन् । कमला मात्रै हैन केही दिन पहिला जिल्लाको पैञ्युपाटाका एक युवाले पनि यस्तै घटनामा ज्यान गुमाएका थिए । प्रेमिकाको यौनिक स्वार्थका कारण लामो समय प्रेमको नाटकमा फसेका उनले वैवाहिक सम्बन्ध कायम गर्न प्रेमिकासँग राखेको प्रस्ताव जातिय बिभेदका कारण प्रेमीकाले नमानेका कारण उनले आत्महत्याको बाटो रोजेका थिए ।
यसले के कुरा प्रष्ट हुन्छ भने सामाजिक सञ्जाल वा सामान्य चिना परिचयकै भरमा प्रेमको नाटकमा फसेकाहरु एक अर्काको चाहनाका पात्र मात्रै बन्दै गईरहेका छन् । अर्को कुरा यस्ता कारणबाट भएका प्रेम सम्बन्धहरुमा फस्नेहरु निकै कम उमेरका र किसोरावस्थाका समेत रहने गरेको अधिकारकर्मीहरुले सार्वजनिक गरेका तथ्यहरुले बताईरहेका छन् । प्रेम आफैमा नराम्रो होईन, हामी आफ्नो परिवार, आफन्त, साथीभाई सबैसँग सधैं प्रेमको गाँठोमा रहेका हुन्छौं । बिशेष गरेर पछिल्लो समयमा किशोरकिशोरी र युवा युवतीहरुले गर्ने गरेको प्रेम नाटकीय वा सिमित स्वार्थमा निहित हुँदै गैरहेको छ । सामाजिक रुपमा यस्तो विकराल रुप लिंदै गरेको क्षणिक स्वार्थको प्रेम सम्बन्धले कलकलाउँदा युवायुवती मृत्युका कारण बनेका छन् । यो अवस्थावाट छुटकारा पाउनको लागि जिम्मेबार अभिभावक, जानकारी मुलक शिक्षा अहिलेको आवश्यकता हो । समाजमा बिकृत बन्दै गैरहेको फेसबुके प्रेम सम्बन्धका कारण जन्मिएका अपराधलाई बढ्न नदिन चेतनाको अभियान थालौं ।
Previous Articleकांग्रेसमा शुद्विकरणको प्रसंग
Next Article २०७४ माघ २४ गते बुधबारको राशिफल