डिल्लीप्रसाद गौतम
मुलुक अहिले संघियतामा प्रबेश गरिसकेको छ । नेपालको संबिधान–२०७२ अनुसार राज्यका तीन तह स्थानिय निकाय, प्रदेशसभा र केन्दीय सांसद संघअन्र्तगत प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भैसकेको छभने राष्ट्रिय सभाको निर्वाचन आज नै सम्पन्न हुँदैछ । यसरी आज सम्पन्न राष्ट्रिय सभाको निर्वाचनको नतिजा यथाशक्य छिटो घोषणा गर्ने निर्वाचन आयोगले समेत बताएको छ । त्यसैले निर्वाचन परिणाम आएसँगै केन्द्रिय सांसदले समेत पुर्णता प्राप्त गर्ने र सरकार निर्माणको ढोका समेत खोलिने छ । सम्भवतः फागुन महिनाको पहिलो सातासम्म कांग्रेस नेता शेरबहादुर देउवाको नेतृत्वको बर्हिगमन र एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको बामपन्थी सरकार गठन हुने छ । तर पनि यो लेख तयार गर्ने बेलासम्म भने कसको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने भन्ने बिषयको टुंगो भने लागिसकेको छैन् ।
गत मंसिर १० र २१ मा सम्पन्न प्रदेश तथा संघको निर्वाचन पश्चात देशको आफुलाई प्रमुख प्रजातान्त्रिक शक्ति श्रेष्ठ दल २०४६ को राजनीतिक परिवर्तन पश्चात अधिकांश समय सत्तामा बिराजमान नेपाली कांग्रेसमा प्रस्नचिन्ह खडा गरिदिएको छ । अबको ५ बर्षको लागि नेपाली कांग्रेस सत्ता बाहिर नै रहेर सरकारलाई सहयोग तथा खबरदारी अनि नेपाली जनताको अन्याय, अत्याचार, बिभेद, अतिबिसंगति र सुशासनका लागि सच्चा पहरेदारीको कार्य निर्वाह गर्नुपर्ने छ । मंसिर १० र २१ को निर्वाचनले कांग्रेसको लज्जास्पद हार भएसँगै कांग्रेसजनमा नैराश्यता हतोत्साहित अनि बितृष्णाका आवेग पुर्ण अभिब्यक्तिहरु आईरहेका छन् । कांग्रेसको हारलाई नेतृत्व पंक्तिले एउटा नियमित प्रकृया र यसपटकको निर्वाचनलाई कम्युनिष्टहरुको एकता अनि कांग्रेसमा बेमेलको कारण मानी सहज रुपमा अभ्यासमा रहँदा कांग्रेसका दोस्रोे पंक्तिका केही नेता तथा केही युवा नेताहरु निर्वाचन परिणाम बारेमा खरो उत्रिएको पाईन्छ । खासगरी सत्ता साझेदार पार्टी नेकपा माओवादी केन्द्रको प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग चुनावी तालमेलसँगै कांग्रेस समर्थक अनि नेतृत्वमा पराजित मानसिकता उत्पन्न गराईदिएकै थियो । त्यसैमा पनि टिकट बितरणमा एक मत नहुनु, जिल्ला–जिल्लाबाट प्राप्त सुझावका बिपरित नेतृत्वले उम्मेद्वार बनाउनु, केन्द्रदेखी गाउँ, वडासम्म कांग्रसमा बेमेल रहनु, नेतृत्वको तेजबोध गर्ने मनशायका साथ केन्द्रदेखी स्थानीयसम्म सच्चा कांग्रेस भन्नेहरुबाट नै उम्मेदवारलाई असहयोग गर्नु, लोकप्रिय नेताभन्दा पनि भागवण्डाको हिसाबले नेताहरुले उम्मेदवार चयन गर्नु, कांग्रेसको चुनावी रणनीति कमजोर हुनु, बिगतमा जितेका नेताहरुको गतिबिधि कांग्रेसप्रति आम मतदातामा बितृष्णा पैदा गरिदिनु, बिगतमा कांग्रेसको नेतृत्वमा भएका असल कामको समेत कांग्रेस नेतृत्व तथा उम्मेदवार अनि कार्यकर्ताहरुले खुलेर प्रचार–प्रसार गर्न नसक्नु, पहिलो समय कांग्रेस नेतृत्वले सरकारको नेतृत्वकर्ताका हैसियतले गरिने निर्णयहरु अत्यन्तै बिबादास्पद हुँदा समेत सम्पुर्ण नेतृत्वपंक्ति नै रमिते बनेर हेरिरहनुले यसपटकको प्रदेश र संघको निर्वाचनमा कांग्रेस इतिहासमा नै पहिलोपटक निर्वाचनमा नाङ्गेझार बन्न पुग्यो । निर्वाचन परिणाम पश्चात कांग्रेसमा नेतृत्व परिवर्तन लगायत राजनीतिक शुद्धिकरणको बहस प्रारम्भ भएको छ । कांग्रेसमा राजनीतिक शुद्धिकरणको बहस अहिले मात्रै हैन बिगत २० बर्ष अघिदेखी नै प्रारम्भ भएको थियो । २०५१ को मध्यावधी चुनावहुँदै २०५६ को आवधिक निर्वाचन पश्चात कांग्रेसमा बिकृति बिसंगती र राज्य कोषको दुरुपयोग बारेमा सोझा इमान्दार नेता अनि कार्यकर्ताहरुले नेताहरुको नेतृत्वशैली अनि पदको दुरुपयोगका बारेमा कयौं पटक प्रशन उठाएको थिए । तरपनि नेतृत्वको बल मिचाईं शैलीले त्यो बेलाका बोली हावामा नै उडाई दिए । केन्द्रदेखी गाउँ सम्मका नेतृत्व उपर आमनागरीकमा असन्तुष्टिलाई नेतृत्वले दबाएनै लग्यो । यहि रितले तत्कालिन प्रधानमन्त्री तथा पार्टि सभापति गिरिजाप्रसाद कोईरालाको कार्यशैली प्रति खबरदारी गर्ने सर्बोच्च नेता गणेशमान सिंह र संस्थापक नेता कृष्णप्रसाद भट्टराई कांग्रेसबाट सन्यास लिन बाध्य पारिए । तत्पश्चात सुशिल कोईरालाको शासन कालमा समेत उनलाई अगाडि सारेर बर्मलुट गर्नेहरुको लर्को नै लाग्यो । पद र शक्तिको दुरुपयोग गरेर कयौं नेता कार्यकचर्ता रातारात मालामाल हुन पुगे । त्यसबेला पनि राजनीतिक शुद्धिकरणका कुरा पेचिलो ढंगबाट उठिनै रहे । कयौं नेता अख्तियारको कठघरामा उभिन बाध्य भएभने कतिले पद र शक्तिको दुरुपयोग गरेर त्यसलाई निस्तेज पारिरहे । जो अहिले पनि प्रश्न उठ्दै छ ।
यसरी बेलाबेला प्रकट हुने कांग्रेसमा राजनीतिक शुद्धिकरणको बहस पुनः एकपटक तत्कालैको राजनीतिक घटना क्रमलाई लिएर पेचिलो बनिरहेको छ । जबजब नेपाली कांग्रेसमा गम्भीर संकट उत्पन्न हुन्छ अनि मात्र नैतिक जिम्मेबारिता, नेतृत्वको राजीनामा तथा राजनीतिक आचरण र शुद्धिकरणका कुरा पेचिलो बनेर आउने गरेका छन् । तत्कालिन अवस्थामा २०४८ सालको प्रजातन्त्र पहिलो संसदीय निर्वाचनबाट दुई तिहाई बहुमत प्राप्त गरेको नेपाली कांग्रेसको सरकारलाई सरकारको नीति तथा कार्यक्रम असफल भएको भन्दै तत्कालिन प्रधानमन्त्रि गिरिजा प्रसाद कोईरालाले राजनीतिक शुद्धिकरण आफ्ना बिरोधीलाई ठेगान लगाउनको लागि २०५१ सालमा संसद बिघठन गरे । मध्यावधिको घोषणा भयो । त्यति मात्रै हैन सोही बेलाको काठमाण्डौको उप निर्वाचनमा संस्थापक नेता तत्कालिन पार्टिका सभापति कृष्ण प्रसाद भट्टराईलाई हराउन गिरिजा प्रसाद कोईरालाले बक्तब्य नै जारी गरेर २०५१ को मध्यावधि निर्वाचनले कांग्रेसलाई पहिलेको आकारबाट खुम्चाएर दोस्रो दलमा सिमित बनायो । त्यसबेला पनि नैतिकता र शुद्धिकरणका स्वरहरु पेचिला नै बने । तरपनि नेतृत्वले वास्ता गरेन । तत्कालिन प्रधानमन्त्रि गिरिजाप्रसाद कोईराला पार्टि सभापति कृष्णप्रसाद भट्टराईबीच सरकार प्रमुख र पार्टि प्रमुख फरक–फरक हुने वा एउटै ब्यक्ति हुने भन्नेमा दुई धार देखा परे । अन्ततः गिरिजाप्रसादको धार हाबी भयो र सरकार प्रमुख तथा पार्टि प्रमुख एउटै ब्यक्तिमा सिमीत भयो । तत्पश्चात मध्यावधि निर्वाचनबाट थला परेको कांग्रेसलाई पुरानै स्थानमा पु¥याउने कसम खाई गिरिजाप्रसाद बिना थकान अहोरात्र पार्टि संगठनमा लागे र अन्ततः कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तावित गरी २०५६ को निर्वाचनमा पुनः पार्टिलाई पहिलो स्थानमा बहुमत सावित गर्न सफल भए । तत्पस्चात कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रि त बनाईयो तर छोटो समयमा नै अपमानित ढंगले सत्ताच्युत गराईयो । संबिधानसभा २०६४ को निर्वाचन पार्टिले हार्ने हुनाले निर्वाचन सार्ने पार्टिले गरेको अनुरोध गिरिजाप्रसादले नमान्दा पार्टिले नराम्रो हार बेहोर्नु प¥यो । त्यस बेला पनि यि प्रस्न उठे ।
कांग्रेसको राजनीतिक इतिहासमा नैतिकता जिम्मेवारिता र शुद्धिकरणका कुरा धेर ैनै उठिरहन्छन् । फरक यत्ति हो कि सहज अवस्थामा नभई जटिल परिस्थीतीमा मात्र अहिले पनि ठ्याक्कै त्यस्तै भएको छ । निर्वाचनले कांग्रेस थला परेको छ । केन्द्रदेखी गाउँसम्म नेतृत्वप्रति तीब्र असन्तोष छ । इतिहासमा नै कांग्रेस कठोर मोडमा छ । यहि बेलामा राजनीतिक शुद्धताको नाममा नेतृत्वको तेजोबध गर्न खोजिएको छ । त्यसैले समय सहि हो वा होईन सम्पुर्ण कांग्रेसमा समाहित नेता कार्यकर्ताले मनन् गर्नु आवश्यक छ । वर्तमान निर्वाचन परिणामको जिम्मेवारी नेतृत्वकर्ताका हैसियतले लिनुपर्नेमा दुईमत छैन् । तर सिंगो पार्टिको नेतृत्वमा रहेका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु जिम्मेवारीबाट बिमुख हुन मिल्दछ वा मिल्दैन ? निर्वाचनमा भाग लिएर हारे पश्चात हारको रागमा नेतृत्वको तेजोबध गर्ने हर्कतमा उत्रिनु कत्तिको तर्क संगत छ ? युवा नेतामा गगन थापाबाहेक अत्यन्तै कम नेताले मात्र चुनाव जितेका छन् । प्रदिप पौडेल, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, प्रकाश शरण महत लगायत युवा नेता हारेका छन् । त्यसैले अहिले उनीहरुबाट नै नेतृत्व परिवर्तन जिम्मेवारी बहन अनि राजनीतिक शुद्धिकरणको चर्को स्वर निकालिएका छन् । शेरबहादुर देउवाको पार्टि सभापतित्वदेखी माओवादीको सहकार्यमा प्रधानमन्त्रीत्व काल वा कांग्रेसको सहमतीमा माओवादी अध्यक्ष पुस्पकमल दाहालको प्रधानमन्त्रित्व कालमा पार्टिको तर्फबाट वा प्रधानमन्त्रिको तर्फबाट प्रधानमन्त्रि शेरबहादुर देउवाले गरेका सम्पुर्ण कामको जस वा अपजस सबै हो । नेका पार्टिले लिनु पर्दछ । विश्व प्रकाश शर्मा, प्रदिप पौडेल, गुरु घिमिरे, चन्द्रसिंह भण्डारी, नविन्द्रराज जोशीहरुले नेतृत्वको बिरुद्ध क्याम्पेनिङ गर्नु भयो । दोस्रो तहका नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, रामशरण महत, कृष्ण सिटौला जस्ता जल्दाबल्दा नेताहरुले नेतृत्वको कार्यशैलीको बिरुद्ध जनमत सिर्जना गर्नु पर्दथ्यो । ज्ञापन पत्र बुझाउन र पदबाट राजीनामा दिनु पर्दथ्यो । बैठकमा कार्यपत्र पेश तथा नोट अप डिसेन्ट लेख्नु पर्दथ्यो । के सिंगो पार्टि भनेकै शेरबहादुर देउवा हो ? शेरबहादुर देउवाको नेतृत्वमा भएका हरेक गतिबिधि प्रश्नयोग्य र बिबादित छन् ? चाहे त्यो २०५६ पछिको नेतृत्वमा सुरासुन्दरी काण्ड होस वा संसद खरिद बिक्री ? त्यस्तै प्रजातन्त्र दरबारमा बुझाउने काण्ड होस वा हालसालै माग भएका प्रहरी प्रमुख काण्ड, प्रधानन्यायधिश काण्ड, भारतिय नाकावन्दीमा पार्टिको धारणा होस वा न्यायधिश नियुक्ती प्रकरण ? हरेक गतिबिधिले कांग्रेसलाई पछाडि धकेली रहँदा समेत कांग्रेस पार्टिको धारणा सार्वजनिक भएन् । के नेतृत्वले गरेका हरेक गतिविधि पधाधिकारीले टुलुटुल हेरेरै बस्ने हो ? के कांग्रेस बिधानले यहि ब्यवस्था गरेको छ ? आमनागरिक यि प्रश्नको जवाफ कांग्रेससँग खोजिरहेका छन् । अन्तमा कांग्रेस इतिहासमा नै कठिन मोडमा उभिएको छ । कांग्रेसमा गति भर्न आवश्यक छ । कांग्रेसलाई पुर्नजिवित गर्ने अभियान थाल्नु पर्दछ । तर नेतृत्वको तेजोबध गरेर हैन् । बैधानिक तरिकाले पार्टिको बिधान अनुसार महासमिती वा महाधिबेशन आव्हान गर्ने सबैले इच्छाअनुसारको नैतिक जिम्मेवारी लिने, अहिलेसम्म भए गरेका कमी कमजोरीको जिम्मेवारी लिने, आगामी दिनमा कस्तो कांग्रेस बनाउने मार्ग चित्र तयार गर्ने र मार्ग चित्रमा हिड्न सक्नेले आफ्नो व्यवहारमा परिवर्तन गरेर सच्चिने र नसच्चिनेले पद तथा भुमिका हस्तान्तरण गरी युवा पुस्तालाई नेतृत्वमा ल्याउने की । युवाको नेतृत्व आउन नदिनु, युवालाई नै बिभाजित गराउने दुस्साहस गर्ने अनि मात्र अगाडि कांग्रेसको भुमिका तय हुनेछ । कांग्रेसमा अहिले नैतिकता, पारदर्शिता, जवाफदेहीताको खडेरी परेको छ । पार्टि गुटगत राम्राको सट्टामा हाम्रा अनि उन्माद र धनबादले चलेको आरोप लागेको छ । तसर्थ अब नेपाली कांग्रेसमा राजनीतिक शुद्धता अपरिहार्य छ र त्यसको नेतृत्व युवा पुस्ताबाट मात्र सम्भव छ । २१ औं शताव्दीमा जनताको कांग्रेस बनाउनको लागि आगामी दिनमा कांग्रेसले एउटा मार्गचित्र नै तयार गर्नु पर्दछ । तर अहिलेको नेतृत्व सहजै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सहमत पनि छैन् । त्यस कारण अहिलको नेतृत्वले युवा पुस्तालाई दुई खेमामा बिभाजन गर्ने खेलमा लागेको छ । त्यसैको प्रयोग स्वरुप निर्वाचन पश्चात शुद्धिकरणको आवाज उठाउनेमध्येका एक युवा नेता विश्व प्रकाश शर्मालाई पार्टिको प्रबक्ता तोकिएको छ । युवाहरु बिभाजित देखिएका छन् । तसर्थ चाहे प्रबक्ता विश्व प्रकाश हुन् वा अभियानका प्रमुख गगन थापा सबै एकै ठाउँ र एउटै मिसन बनाएर कांग्रेसको शुद्धिकरणमा हातेमालो गरेर अगाडि बढेमा मात्रै नेपाली कांग्रेसमा राजनीतिक शुद्धिकरण सम्भव छ । न की एक अर्कालाई दोषारोपण गरेर बिभक्त भएर ।